Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तेस्रो बच्चा जन्माउँदै प्रियंका

फिल्मीखबर, काठमाण्डौ, 2013/02/07

नायिका प्रियंका कार्कीले फिल्म भिजिलान्तेलाई आफ्नो तेस्रो बच्चाको संज्ञा दिएकी छिन् । उनी भन्छिन्- 'चैत्र ९ गते मेरो तेस्रो बच्चा जन्मिंदै छ ।'

 

पहिलो अभिनित फिल्म मेरो बेस्ट फ्रेण्डको रिलिज अत्तोपत्तो नभएपछि दोस्रो फिल्म 'थ्री लभर्स' रिलिजका हिसाबले पहिलो भयो । उनले आफ्नो पहिलो सन्तानको रूपमा थ्री लभर्सलाई लिईन् । त्यसपश्चात दोस्रो सन्तानको रूपमा कलिउड जन्मियो । अब उनी तेरो बच्चा जन्माउने तयारीमा रहेको बताउँछिन् । 'आफ्नो सन्तान सबैलाई प्यारो हुन्छ त्यसैले दर्शकको नजरमा त्यति प्यारो बन्न नसके पनि यि दुई सन्तान मेरो लागि निकै प्यारा छन्', प्रियंकाले भनिन् ।

 

आफूले राम्रो गरि पाल्दा पाल्दै पनि नराम्रो निस्कनुमा आफ्नो दोष नरहेको प्रियंकाको भनाई छ । 'मैले राम्रो गर्ने पूरै कोसिस गरेकी थिएँ तर दर्शकले सोचे अनुरूपले नरूचाई दिंदा केहि खिन्न भने भएको छ', प्रियंका भन्छिन्- 'फेरि पनि भन्छु मेरो बच्चाको म कुशल आमा नै हो ।' राम्रो गर्दा गर्दै बिग्रन्छ भने त्यसमा आफ्नो दोष नरहने प्रियंकाको भनाई छ ।
 

यता चैत्र ९ गते रिलिज हुन लागेको पहिलो थ्रीडी फिल्मलाई प्रियंकाले नयाँ टेक्नोलोजीबाट जन्मिन लागेको सुन्दर बच्चाको रूपमा लिएकी छिन् । उनी भन्छिन्- 'यस पटक नयाँ टेक्नोलोजी बच्चा जन्मिंदै छ । सप्रने हो कि बिग्रने हो त्यो भोली थाहा हुनेछ । तर, मैले भने आफ्नो तर्फबाट राम्रोसँग हुर्काउने कोशिश गर्नेछु ।' प्रियंकाको 'झोले' बच्चा पनि छिट्टै नै जन्मिने तयारीमा छ ।