Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सस्तो जवानीमा `सफलता`

फिल्मीखबर, काठमाण्डौ, 2013/02/06

कोही छन् मस्तीमा
कोही छन् सास्तीमा
कोही छन् मालामाल
कोही छन् कंगाल
जवानी यस्तै छ, दुनियाँ त्यस्तै छ
हे पैसा मात्र महंगो भो माया
जवानी सस्तै छ....

 

ठमेल स्थित गोगो बार भित्र छिर्दा यस्तै गीत गुञ्जिरहेको थियो । एउटी युवतीले आफ्नो जवानी सस्तो रहेको इन्कित गर्दै थिएन् भने उनका पछाडी अरू चार युवतीले उनलाई पछ्याई रहेका थिए । त्रिभुवन विश्वविधालयमा राजनिती शास्त्रमा स्नातकोत्तर गरिरहेको बताउने सफलता खनालनै हुन् ति युवती जसले आफ्नो जवानीलाई सस्तोमा मोलतोल गरिरहेकी थिईन् भने सफलताको नृत्यमा थुप्रै युवाहरू लठ्ठ देखिन्थे ।

 

नागरिक फिल्ममा पहिलो पटक आईटम गीतमा नाचेकी सफलताले गम्भिर बिष्टको करियोग्राफीमा दोस्रो पटक फिल्म तोरी लाहुरेको प्रस्तुत गीतमा आफ्नो कला देखाउने मौका पाईन् । 'नामका लागि यो क्षेत्रमा आएकी हुँ । भोली के बन्छु थाहा छैन तर आज यो गीतमा रमाईरहेकी छु', सफलताले भनिन् । उनले नागरिक सहित किसान र जलजला फिल्ममा पनि काम गरेकी छिन् तर छोटो मिठो भुमिकामा ।

 

दयाराम पाण्डेको शब्दमा सन्तोष राजको संगीत रहेको उक्त गीतमा कल्पनाको स्वर रहेको छ । रिदम एण्ड दीलिप फिल्मस प्रालिको ब्यानरमा सूर्य थोकर र दिल कुमार तामाङले निर्माण गरेको यो फिल्मको प्रस्तुत आईटम गीत छोडेर बाँकी सुटिङ एक साता अगाडी नै सकिएको थियो । आज र भोली दुई दिन लगाएर यो गीतको सुटिङ सकिने निर्देशक एनबी महर्जनले बताए ।

 

सुवास थापा, गजित विष्ट, रोहित कुमार, समुना केसी, अशिष्मा नकर्मी र शुशिल पोखरेलको मुख्य भुमिका रहेको यो फिल्ममा दिनेश डिसी, जानुका बोहरा, जयनन्द लामा, बालदीप राई, अशान्त शर्मा र सविन शाक्यले पनि अभिनय गरेका छन् । फिल्मलाई निरज कँडेलले खिचेका छन् । फिल्मको बजेट ४० लाख रहेको बताईएको छ ।