कहाँ पत्याईएला ! पक्कै पनि अभिनेत्री स्वेता खड्काले बोले अनुसार उनको फिजिकल स्ट्रक्चर हेर्दा सो कुरा मेल खाँदैन त्यसैले उनले खोलेको उमेर प्रति शंका जनाउने ठाँउ पनि छ । तर पनि उनी भन्छिन्- 'आज देखि म २४ की भएँ ।' यध्यपी पार्सपोर्ट र नागरिकतामा बास्तविक जन्म समय भन्दा दुई महिनाको फरक छ रे !
माघ २३ मा जन्मिएकी स्वेताले नागरिकतामा बैशाख रजिष्टर गराएकी छिन् जसकारण उनले हरेक बर्थ डेमा यो बिषयमा धेरैलाई स्पष्ट पार्नु पर्छ र यो पटक पनि उनले त्यसै गरेकी छिन् । 'अर्ली मर्निङ उठें, पुजा सकेर पशुपतिनाथ दर्शनका लागि पुगें र दिनभर बानेश्वर ईन्द्रेणीको अफिसमा ब्यस्त छु', स्वेताले कामको ब्यस्ततामा फिल्मीखबरलाई प्रतिक्रिया दिदै भनिन् । उनको अफिसले ईन्टेरियर र एक्सटेरियर डिजाईनको काम गर्छ ।
आज स्वेतालाई फष्ट वीस कसले गर्यो त ? पक्कै पनि तपाईको उत्तर हुनसक्छ श्री कृष्ण श्रेष्ठ, तर यो पटक स्वेतालाई ह्याप्पी बर्थ डे भन्नमा श्री पछि परेका छन् । श्रीले वीस गर्नुअघि स्वेताको दिदीले सो अबसर लिईसकेको स्वेताले भनेकी छिन् । 'अरु बेलाको जस्तो यो पटक खै मलाई त्यस्तो कुनै पनि पार्टी राख्न मन पनि लागेन तर अफिस आउँदा चाहि सवैले वीस गर्दा छुट्टै महसुस भयो', कुराकानीको क्रममा उनले थपिन् ।
हाल श्रीकै नयाँ प्रोजेक्टको वर्कसपमा ब्यस्त रहेकी स्वेता थप दुई महिना वर्कसपमा केन्द्रित रहेर मात्र फ्लोरमा जाने बताउँछिन् । आजबाट २४ बर्षको भए भनी उत्तर दिएकी उनी के साँच्चिकै २४ कि हुन् त ?

