मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

करिश्माको खुशी हरायो !

फिल्मीखबर, काठमाण्डौ, 2013/02/05

बास्तबमा भन्नु पर्दा करिश्माको शरिर नेपालमा भए पनि मन चाहि अमेरिकामा नै छ । मन अमेरिकामा हुनुको कारण हो उनको मुटुको टुक्रा कविता त्यहाँ रहनु । सायद त्यहि भएर होला करिश्मा अमेरिकाबाट नेपाल फर्किएको यो पछिल्लो एक महिना देखि खुशी देखिएकी छैनन् ।


अर्को तर्फ उनको साथमा श्रीमान् विनोद पनि नहुनुले उनलाई एक्लोपन फोवियाले सार्‍है सताएको देखिन्छ । हिजो मात्र परेको बर्थ डेमा यो फोवियाले उनलाई निकै सतायो त्यसैले बर्थडे जस्तो शुभदिन पनि उनी सम्पर्क बिहिन भएर बसिन् । फेसबुक एकाउन्टले उनी ३८ बर्ष पुगेको बताए पनि उनले वास्तविक उमेर खुलाउन चाहिनन् । करिश्मा फिल्मखबरलाई उल्टै प्रश्न गर्दै  भन्छिन्- 'उमेरको पछि किन लागि रा' ?

 

 

आफ्नो बर्थ डे सेलिब्रेशन पार्टीमा रम्न खाशै मन नपराउने उनलाई यस अघिका बर्थ डेमा आफन्त एवं साथीभाईले सप्राईज दिन्थे तर यो पटक पोखरामा रहेकाले त्यो अबसर उनलाई जुट्न सकेन । उनी भन्छिन्- 'बर्थ डे सेलिब्रेशन पार्टीमा खासै चाह छैन । साथीभाईले यस अघि सेलिब्रेशन पार्टी दिदा पनि म खुशी हुन्थिन ।'

 

अबको समय सेलेक्टेड फिल्ममा मात्र साईन गर्ने भन्दै केही प्रोजेक्टहरु रिजेक्ट गर्दै आएकी उनी उत्कृष्ट प्रोजेक्टको अफरमा छिन् । उनले भनेकि छिन्- 'अमेरिकाबाट फर्किएपछि दुई/चार वटा अफर आए तर गर्न मन लागेन, त्यसैले राम्रो कुनै आएको खण्डमा अवश्य गर्नेछु ।' करिश्मा पति विनोद चाहि अहिले लण्डनमा छन् ।