Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलेशिया किन जान चाहिनन् रेखा ?

फिल्मीखबर, काठमाण्डौ, 2013/02/05

नायिका रेखा थापा हाल अमेरिका भ्रमणमा छिन् । अमेरिकाका बिभिन्न स्थानमा भएका कार्यक्रममा सहभागीता जनाउँदै आएकी रेखाले मलेशियामा हुन लागेको एक कार्यक्रमलाई भने बेवास्ता गरेको आयोजकले बताएको छ ।

 

यहि फेब्रुअरी १० तारिख देखि १३ तारिखसम्म मलेशियाका बिभिन्न स्थानमा हुन गईरहेको 'रिमिक्स धमाका ५' नामक साँगितिक कार्यक्रममा रेखाले पेश्की रकम लिएर पनि अन्तिम समयमा आएर उक्त कार्यक्रममा सहभागी हुन नसक्ने बताए पछि आयोजक तनावमा छ । आयोजक भन्छ- 'उहाँकै लागि हामीले लाखौं रकम खर्चिसकेका छौं तर उहाँ हामीलाई नसोधि अमेरिका हिड्नु भएछ । अहिले हामीले सम्पर्क गर्दा आउन नसक्ने जानकारी दिनुभयो । उहाँको यो कस्तो प्रोफेसन हो ?'

 

यता नायिका थापाले भने फिल्मीखबरसँगको सम्पर्कमा आयोजकको व्यवहारले गर्दा कार्यक्रममा उपस्थित हुन नसकेको बताईन् । उनले भनिन्,'म कार्यक्रममा भाग लिन जान्छु भनिरहेको थिएँ तर आयोजकको तर्फबाट मलाई गाली सहितको धम्की आयो अनि मैले पेश्की रकम फिर्ता गर्छु भन्दै नजाने निर्णय गरेकी हुँ ।' उनले बारम्बार थरीथरीका मान्छेलाई फोन गर्न लगाउँदै असभ्य भाषा प्रयोग गरेको भन्दै कार्यक्रममा सहभागी हुने आफ्नो तयारीलाई रोक्न परेको बताईन् ।

 

यता आयोजकले कलाकारले यसरी धोक दिंदा दर्शकमा नराम्रो छाप पर्न जाने भन्दै आगामी दिनमा यस किसिमको कार्यक्रम गर्ने उत्साह पनि नरहेको बताएको छ । आयोजकले रेखासँग २ लाख २० हजार रूपैंयामा एग्रिमेन्ट गरेर २० प्रतिशत रकम पेश्की स्वरूप दिएको बताएको छ । यता रेखा अमेरिकाबाट फेब्रुअरी २५ तारिखका दिन नेपाल आउने भएकी छिन् ।