Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 2.67/5.00)
Text size:-
+
-

सकिएकै हो त स्टार भ्यालु ?

फिल्मीखबर, काठमाण्डौ, 2013/02/05

आज भन्दा करिब दुई बर्ष अगाडी सम्म पनि स्टार भनिएका कलाकारहरूले अभिनय गरेको फिल्मले राम्रो व्यापार गर्थ्यो । तर, अहिले आएर न स्टार कलाकारको फिल्म चलेको छ नत नयाँ अनुहारले अभिनय गरेको फिल्म चलेको छ ।

 

बलिउड र हलिउडमा हेर्ने हो भने अझै पनि स्टार भ्यालु देखिन्छ । नेपालमा भने स्टार भ्यालु किन हुन सकेन ? के अब स्टार भ्यालु सकिकै हो ? यो बिषयले अहिले बहसको सिर्जना पनि गराएको छ । स्टारले अभिनय गरेका फिल्महरू धमाधम फ्ल्प हुँदै गएकाले पनि यो बिषयले चर्चा पाएको हो ।

 

करिब २५ बर्ष देखि निरन्तर फिल्म निर्माणमा सक्रिय रहँदै आएका निर्माता छबिराज ओझा भने नेपालमा अझै स्टार भ्यालु रहेको तर्क सार्छन् । उनी भन्छन्- 'पहिलाको जस्तो कलाकारमा स्टारडम अहिले छैन तर हराएको पनि छैन ।' उनले रेखा थापाको उदाहरण दिंदै भने- 'अहिले पनि रेखाले अभिनय गरेको फिल्म हिट भईरहन्छ ।' राजेश हमाल बिराज भट्ट, निखिल उप्रेती र आर्यन सिक्देल नेपाली फिल्मका स्टार भएको तर्क अघि सार्ने छबि महिला कलाकारमा रेखा मात्र एउटा स्टार भएको बताए ।

 

छबिले स्टारहरूले आफ्नो स्टारडम बचाउन नसक्दा खस्किंदै जानु परेको तर्क अघि सारे । यस्तै फिल्म क्षेत्रमा कलाकार मात्र नभई निर्देशक र निर्माता पनि स्टार हुने उनको तर्क छ । 'जस्ले राम्रो काम गर्छ र जसको कारणले फिल्म चल्छ उ स्टार हो', छबिले भने । अहिले अधिकांश अनुहार नयाँ आउनु र पुराना कलाकारले आफूलाई परिवर्तन गर्न नसक्नुले स्टारको महत्व हराउन थालेको भने उनले स्विकारे ।

 

 

यता लामोसमय देखि नाट्य बिधामा काम गर्दै पछिल्लो समय नेपाली फिल्ममा सक्रिय बन्दै आएका अभिनेता अनुप बरालले स्टारको भ्यालु हराएर गएको बताए । उनले राजेश हमाल फिल्म उधोगको एक मात्र स्टार रहेको बताउँदै उनको अभिनयमा भने प्रश्न चिन्ह खडा हुने बताए । उनले भने- 'राजेश जीले २० बर्ष भन्दा बढि समय फिल्मलाई आफ्नो काँधमा बोकेर हिड्नु भयो जसले गर्दा उहाँ अहिले पनि स्टार हो । तर उहाँले आफूलाई सुधार्ने तर्फ प्रेरित गर्न सक्नु भएन जसले गर्दा अहिले स्टार भ्यालु कम हुँदै गएको छ ।

 

यस्तै अनुपले मनोरञ्जनको साधन थुप्रै आएकाले र दर्शकमा चेतनाको बृद्धि भएकाले अहिलेको पुस्तालाई स्टारले आकर्षित गर्न नसकेको बताए । तर पनि पछिल्लो समयका दुई अभिनेता आर्यन सिग्देल र सौगात मल्लले आफूलाई परिमार्जित गर्दै लैजान सके भोलीका स्टार हुने बताए । तर, स्टार बन्न त्यति सहज नभएको उनको भनाई छ । भन्छन्- 'एउटा स्टारले कम्तिमा पनि उधोगलाई ७/८ बर्ष एक्लै डोर्‍याएर हिड्न सक्नु पर्छ । अनि मात्र उनको भ्यालु देखिन्छ ।'

 

डेढ दशक देखि सञ्चारमाध्यममा काम गर्दै आएका सञ्चारकर्मी प्रकाश सुवेदीले भने अहिलेको अवस्थामा कोही पनि स्टार नभएको तर्क अघि सारे । उनले भने- 'अहिले पहिलाको जस्तो स्टार भ्यालु छैन ।' जो पनि कलाकार हुने प्रवृतिले गर्दा पनि स्टारको भ्यालु खस्केको उनको ठम्याई छ । 'बलिउड र हलिउडमा अझै पनि पुरानै स्टारको फिल्म चल्छ तर नेपालमा न पुरानाको चल्यो न नयाँ को', सुवेदीले भने- 'अब फिल्म कन्टेन्टले चल्छ स्टारले हैन ।'