फिल्ममा गीतसंगीतलाई निकै प्राथमिकता दिने विकास आचार्यले निर्देशन गरेको पछिल्लो फिल्म 'रिदम' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नसिब आफ्नो, नाइ नभन्नु ल र म तिम्रो भईसकेंका गीत जसरी चर्चामा आए त्यसैगरी यो सार्वजनिक गीतले पनि चर्चा पाउने निर्देशक आचार्यको दाबी छ ।
डा कृष्णहरि बरालको शब्द तथा बसन्त सापकोटाको संगीतमा तयार पारिएको यो गीतमा रजिना रिमालले स्वर दिएकी छिन् । जीवन लुईटेल, स्वेता भट्टराई, गीतमा नायिका स्वेता भट्टराई नायक जीवन लुईटेलको मायामा पागल भएको देखाईएको छ । यस्तै फिल्ममा विल्सन विक्रम राई, निर शाहको साथमा नयाँप्रस्तुतीको रूपमा सोहित मानन्धर र निश्मा घिमिरे सहित बालकलाकार अनुभव रेग्मीले मुख्य भुमिका निर्वाह गरेका छन् ।
पारिवारिक प्रेमकथाको साथमा देशप्रेमको कथालाई मुख्य कथानक बनाईएको रिदमलाई वाईन टाईम सिनेमाको व्यानरमा प्रदीप दाहालले निर्माण गरेका हुन् । निर्देशक आचार्यकै लेखन रहेको यो फिल्म यहि फाल्गुन २५ गते सार्वजनिक हुँदैछ । यो फिल्मको गत साता मात्र अष्ट्रेलियाम प्रिमियर गरिएको थियो । जसको प्रतिक्रिया तलको भिडियोमा हेर्न सकिनेछ ।
Rhythm Audio :- Click Here

