Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नाटक पछि फिल्म निर्देशनमा डेब्यू गर्दै अनुप बराल

फिल्मीखबर, काठमाण्डौ, 2013/02/05

५ दर्जन जति नाटकको निर्देशन गरिसकेका चर्चित निर्देशक तथा अभिनेता अनुप बरालले अब फिल्म निर्देशनमा हात हाल्दैछन् । फाल्गुनको पहिलो या दोस्रो साताबाट उनले 'फिटकिरी' नामक फिल्मको निर्देशन गर्ने तयारी गरेका छन् ।

 

१४ बर्षको उमेरबाट नै नाट्य बिधामा हात हालेका अनुप बराल गुरूकुलका प्रोडक्ट हुन् । उनले नाटक निर्देशन मात्र हैन थुप्रै नाटकमा अभिनय गरिसकेका छन् भने पछिल्लो समय चर्चामा रहेका कलाकारहरू सौगात मल्ल, दयाहाङ राई, दीया मास्के उनैका चेला हुन् । राजबल्लभ कोईराला, उषा रजक, सरिता गिरी, लगायतका कलाकारहरूले पनि उनीबाट अभिनय सिकेका छन् ।

 

'थिएटरबाट धेरै अनुभव बटुली सकें त्यसैले अब फिल्म निर्देशनबाट अर्को नयाँ अध्यायको शुरूवात गर्दैछु', अनुपले भने, 'मलाई लाग्छ नाटकको निर्देशन गरेर धेरैको मन जितेको छु । अब फिल्म निर्देशन गरेर दर्शकको मन जित्ने कोसिस गर्नेछु ।' अर्जुन कुमार र सुमित मैनालीले निर्माण गर्न लागेको थ्रिलर फिल्म फिटकिरीको सुटिङ काठमाण्डौ आसपासमा गर्ने अनुपले जानकारी दिए । उनले कलाकार भने फाईनल भईनसकेको बताए ।

 

ललितपुरमा अवस्थित एक्टर्स स्टुडियोको स्थापना गरि हाल १४ औं व्याचका बिधार्थीहरूलाई अभिनय कला सिकाईरहेका अनुपले फिल्मको शुरूवात भने नुमाफुङ फिल्मका लागि कास्टिङ डाईरेक्सनबाट गरेको बताए । उनले भने, 'नुमाफुङ पछि दलन टेलिफिल्म र कागबेनी तथा दाशढुंगामा कास्टिङ गरेसँगै फिल्म यात्रा अगाडी बढेको हो ।' उनले कागबेनी फिल्ममा अभिनय गरे पनि दाशढुंगाबाट फिल्मी दर्शकले उनलाई चिन्न थालेका हुन् । उनले अभिनय गरेको पछिल्लो फिल्म बधशाला हो ।