Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शोकमा डुबेका विमलको अनसन यादव खरेलले तोडाए / ११ सदस्य सल्लाहकार समिति पनि गठन

फिल्मीखबर, काठमाडौँ, 2013/01/30

पिताको निधनका कारण हिजो देखि आमरण अनसनमा उत्रिएका विमल पौडेलको अनसन स्थगित गराईएको छ । तेह्र दिने काजक्रियामा सहभागी गराउन  संयूक्त आन्दोलन संघर्ष समितिले तत्तकालको लागि उनको अनसन स्थित गराउन बाध्य भएको जनाउदै अनसन तोडाएको हो ।

 

विमलको अनसनलाई राष्ट्रिय मानव अधिकारकर्मीहरुको उपस्थितीमा बेलुकी ४ बजे बरिष्ठ फिल्मकर्मी यादब खरेलले जुस ख्याएर तोडाईएको थिए । अनसन तोडिएपछि विमल दाहसंस्कारका लागि चितवन प्रस्थान गरिसकेका छन् । किड्नी पिडित उनको पिता ओमबहादुरको ६९ बर्षको उमेरमा आज निधन भएको हो ।


यस्तै शोकका कारण विमल अनसनबाट बाहिरिएकाले भोली देखि कलाकार जयकिशन बस्नेत आमरणमा उत्रिन लागेको जानकारी संघर्ष समितिले दिएको छ । संघर्ष समितिका सचिव सुरेश दर्पण पोखरेलका अनुसार आन्दोलनलाई थप नयाँ ढङ्गले र शसक्त रुपमा अघि बढाउन आजै यादव खरेलको संयोजकत्वमा ११ सदस्य सल्लाहकार समिति पनि गठन गरिएको छ । 

 

 

सल्लाहकार समितिमा यादव खरेल सहित बरिष्ठ फिल्मकर्मीहरु हरिहर शर्मा, बसुन्धरा भुषाल, हरिबंश आचार्य, लक्ष्मीनाथ शर्मा, कृष्ण मल्ल, राजेन्द्र शलभ, रबिन्द्र खड्का राजेश हमाल, करिश्मा मानन्धर र शिव ढकाल छन् । यो समितिमा सचिवालय सदस्यको रुपमा आकाश अधिकारी पनि छन् । 

 

सच्याईएको : केही बेर अघि सार्वजनिक समाचारमा विमल पौडेलको पिताको उमेर ६९ हुनुपर्नेमा अन्यथा भएकाले सच्याईएको छ ।