ताकी ताका तानी...ताकी ताका तानी.... इकु इकु भन्दै जंगली मान्छे बन्ने नेपाली फिल्मका चर्चित कलाकार सुलेमान शंकर यतिबेला युएईको बिभिन्न शहरमा प्रवासी नेपालीहरूलाई सांगितिक कार्यक्रमका साथ 'इकु-२' फिल्म प्रदर्शन गर्दै मनोरन्जनात्मक कोसेली दिइरहेका छन् ।
दुई महिना देखी दुबईको रोयस, शारजाहा, अल्लियान, दुबाई लगायत विभिन्न शहरहरुमा बिभिन्न हाँस्य लाईभ प्रस्तुती दिँदै फिल्म 'इकु-२'को प्रदर्शन पश्चात सुलेमानले अबुधावीको केरला सोसाइटीमा आगामी फेब्रुवरी १ तारिकका दिन पनि भव्य कार्यक्रम गर्ने तयारी गरेका छन् । युएईका स्थानिय नेपाली कलाकारहरु आशिष पुरुष, तृष्ण लामा , रेखा घिमिरे, रबिन, कुशल लगायतको बिशेष प्रस्तुती रहने उक्त मनोरञ्जनात्मक कार्यक्रममा इकुको जंगली मान्छेको भूमिकामा लाईभ प्रस्तुती बिशेष आर्कषण रहने आयोजकले बताएको छ ।
अपरान्ह तीन बजे देखि साँझ सात बजेसम्म संचालन हुने कार्यक्रमको पहिलो चरणमा सांगितिक कार्यक्रम तथा दोस्रो चरणमा 'इकु २' मञ्चन गरिने भएको छ । नेपाली कला संस्कृतिलाई माया गर्ने सम्पूर्ण प्रवासी नेपालीहरुलाई कार्यक्रममा उपस्थित भईदिन कलाकार सुलेमानले आग्रह गरेका छन् ।

