छिरिङ रितार शेर्पाले निर्देशन गरेको फिल्म 'उमा' को प्रोमोश्नल गीत रिलिज गरिएको छ । चर्चित रक पप व्याण्ड अभय एन्ड दि स्टिम इन्जुन्सकी गायिका अभय सुब्बाको स्वर रहेको सो गीतमा फिल्मका दृश्यहरूलाई पनि देखाईएको छ ।
दश बर्षे जनयुद्धको एक अंश अर्न्तगतको एउटा प्रहरी दाजु र माओवादी बहिनी बिचको द्धन्दात्मक कथामा आधारित रहेर निर्माण गरिएको यो फिल्ममा नायिका ऋचा शर्मा शिर्ष भुमिकामा छिन् । ऋचाले फिल्ममा माओवादी कमरेडको भुमिका निर्वाह गरेकी छिन् । यस्तै फिल्ममा सौगात मल्ल, दयाहाङ राई, प्रविण खतिवडा, मिथिला शर्मा, प्रमोद अग्रहरी, पुष्कर गुरुङ, प्रकाश घिमिरे, सुरेश चन्द पनि मुख्य भुमिकामा छन् ।
मिला प्रोडक्सनको ब्यानरमा निर्देशक स्वयंले निर्माण गरेको यो फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् । फिल्ममा गोपाल योञ्जन र अभय एन्ड स्टिम ईन्जन्सको संगीत रहेको छ ।

