Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रिले अनसनमा करिश्माको अग्रता

फिल्मीखबर, काठमाण्डौ, 2013/01/25

सर्वाधिक चर्चित अनुहारहरुको भिडमा करिश्मा मानन्धरले आन्दोलन प्रति सर्वाधिक चासो देखाएकी छिन् । यसै सन्दर्भमा आज उनी रिले अनसनमा पनि उत्रिईन् ।

 

सिंहदरबार घेराउ देखि लिएर विकास बोर्डमा दोस्रो पटक ताला लगाउने कार्यमा समेत अग्रपङिक्तमा रहेकी करिश्माले आन्दोलनमा एक्यबद्धता जनाउदै प्रहरीलाई समेत गिरफतारी दिन पछि परिनन् । रिले अनसनको आठौ दिन करिश्मा रश्मी भट्ट, जयकिशन बस्नेत, बबी रोजा, बुद्ध लामा र बिकेस जिसी सहित आन्दोलनमा उत्रिएकी हुन् । उनले आन्दोलनमा थप सघाउ पुर्‍याउन भन्दै अन्य फिल्मकर्मीहरुको हौसला र समर्थन बढाउन आफूले रिले अनसन सुरु गरेको बताएकी छिन् । उनी अनसनमा उत्रिएपछि आज चलचित्र बिकास बोर्डमा फिल्मकर्मीहरुको चहलपल तीब्र छ ।