Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

राज आचार्यले पनि अनसनमा साथ दिए

फिल्मीखबर, काठमाण्डौ, 2013/01/24

तीतो सत्यमा दीपकराज गिरीका छोराको भूमिकामा अभिनय गर्ने  बालकालकार राज आचार्य पनि रिले अनसनमा उत्रिएका छन् । उनी आफ्ना पिता एवं निर्देशक शंकर आचार्यको साथमा आज मध्यान्न देखि रिले अनसनमा उत्रिएका हुन् ।

 

चर्चित अनुहारहरुले आन्दोलनमा साथ दिईरहेका राजले पनि यो आन्दोलनलाई सघाउ पुर्‍याउन रिले अनसन सुरु गरेको बताएका छन् ।  १८ बर्षे राजले यहि बर्षदेखि बाबुको  फिल्म 'लभ फरेवर'बाट हिरोको रुपमा पनि डेब्यू गरेका छन् । उठाईएका नौ बुँदे मागहरुलाई यथासिघ्र सम्बोधन गरिनु पर्ने माग गर्दै गत शुत्रबार देखि रिले अनसनमा उत्रिएका फिल्मकर्मीहरुले पर्सी शनिबार सम्म सरकारले आफ्नो मागहरुलाई वेवास्ता गरे सम्पूर्ण फिल्मी गतिविधि ठप्प पार्दै रत्नपार्क शान्तिबाटिकामा आमरण अनसन सुरु गर्ने उदघोषसमेत गरिसकेका छन् । 

 

राज र उनका पिता सहित आजको रिले अनसनमा जिया केसी, कोरिग्राफर  रेनाशा राई, गीता नेपाल र कुलदीप अधिकारी उत्रिएका छन् ।