Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

फस्टलुक : खुल्यो नोटबुक (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/01/24

अबको ५० बर्ष पछिको नेपालको परिकल्पना गर्दै निर्देशक योगेश घिमिरेले निर्देशन गरेको लभस्टोरी फिल्म 'नोटबुक' को फस्टलुक फिल्मीखबर मार्फत सार्वजनिक गरिएको छ ।

 

चैत्र ३० गते रिलिज गर्ने तयारीका साथ पोष्ट-प्रोडक्सनको कामलाई अगाडी बढाईएको यो प्रोमोलाई अष्ट्रेलियाका दर्शकलाई शनिबार देखाईने छ । शनिबार हुन लागेको फिल्म रिदमको प्रिमियर पूर्व नोटबुकको प्रोमो देखाईने छ । प्रज्ञा फिल्मसको व्यानरमा प्रज्ञा जोशीले निर्माण गरेको यो फिल्मलाई निर्देशक घिमिरेको पुनर्जन्म हुने पनि भनिएको छ । निर्देशक घिमिरेले पनि यो फिल्मले आफ्नो करियरमा नयाँ आयाम ल्याउने बताए ।

 

जीवन लुईटेल, नीता ढुङगाना र नयाँ हिरो शेन सापकोटा मुख्य भूमिकामा रहेको नोटबुकको कथा निर्देशक घिमिरेकै हो भने पटकथा तथा संवाद शिबम अधिकारीको रहेको छ । पछिल्लो समय निकै चर्चामा रहेका संजय लामाको छायाँकन रहेको यो फिल्ममा द्धन्दनिर्देशन रोशन श्रेष्ठले गरेका छन् भने करियोग्राफी कविराज गहतराजको रहेको छ ।