पहिलो मिस नेपाल रुबी राणाले पुनः फिल्मी अभिनय प्रति रुची बढाएकी छिन् । पहिलो मिस नेपाल उपाधी जिते पश्चात उनले अनमोल र भुतुक्कै भएनी गरी जम्मा दुई वटा फिल्ममा हिरोईन भएर अभिनय गरेकी थिईन् तर ती दुवै फिल्मले उनलाई हिरोईनको रुपमा स्थापित गराउन चाहि सकेन । तर उनी फेरी फिल्मी अभिनयमा फर्किने निर्णयमा पुगेकी छिन् ।
रुबीले तीन दिन अघि फ्लोरमा गएको आधि बाटोको लागि राम्रो पारिश्रमकमा साईन गरेकी छिन् । यध्यपी यो सेक्रेटलाई भने आधि बाटो टिमले पूर्ण रुपमा खुलाउन चाहेको छैन । 'केमियो चाहि हैन तर उहाँको सस्पेन्स क्यारेक्टर छ मात्र यति बुझ्नुस', निर्देशक सबिर श्रेष्ठले भने । यस्तै रुबीले फिल्मीखबरसंगको कुराकानीमा भनेकी छिन्- 'पिक्चराईजेशन र मेकिङ पनि राम्रो भएकाले मैले पुनः यो क्षेत्रमा फर्किने सोच बनाएको हुँ । र, अर्को कुरा आफ्नो क्यारेक्टरमा लिड गर्न सक्छु भन्ने भित्रै देखि आँट भएर पनि मैले साईन गरेको हुँ ।'
यध्यपी आधि बाटोको सेक्रेटमा उनी परे पनि केही महिना अघि सुटिङ सकिएको अन्तरालमा पनि उनले अभिनय गर्न भ्याएकी छिन् । अन्तरालमा उनी कसरी प्रस्तुत भएकी छिन् त्यो खुलाईएको छैन तर आधि बाटोमा चाहि उनको पेयर हुनेछन् धिरेन शाक्य । यता एनआरएन प्रोड्युसर रमेश त्वयनाले परम्परागत मेकिङ भन्दा निकै माथि रहेर यस पटक फ्लोरमा जाने निर्णय गरेको हुँदा आर्टिष्ट सेलेक्सनमा पनि त्यतिकै ध्यान दिएर रुबीलाई साईन गराईएको बताए ।
त्वयनाले बलिउडका विभिन्न फिल्ममा एसोसिएट क्यामेरा पर्सन भएर अनुभव संगालेका नवराज थापालाई यो फिल्म खिच्ने जिम्मा पनि दिएका छन् । त्यस्तै फिल्मलाई उच्चकोटीको बनाउन एक गीत र केही सिनको सुटिङ यूकेमा पनि गरिने त्वयनाको भनाई छ । यो फिल्ममा यस कुमार, सबिन श्रेष्ठ, अनु शाह र जेनिशा केसी लिड रोलमा छन् । रुबीले सम्भवत आजै देखि सुटिङ जोईन गर्ने बताईएको छ ।



