चर्किरहेको फिल्मकर्मीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आएको शिब सेना नेपालले फिल्म हल व्यवसायीहरूलाई हिन्दी फिल्म नचलाउन चेतावनी दिएको छ । बुधबार एक प्रेस विज्ञप्ती जारि गरि शिब सेनाले हिन्दी फिल्म हल व्यवसायीले चलाएको खण्डमा फिल्मकर्मीको आन्दोलनमा सरिक भएर फिल्म हल लगायत अन्य स्थानमा पर्न जाने असर प्रति हल सञ्चालक स्वयं जवाफदेही हुनुपर्ने चेतावनी दिएको हो ।
केहि हल सञ्चालकहरूलाई राज्यले काखी च्याप्दै फिल्मकर्मीको आन्दोलनलाई तुहाउने कुटिल चाल चालेको खबर सुन्नमा आएकाले आफ्नो ध्यानाकर्षण भएको जनाउँदै शिब सेना नेपालले आफैले शुरूमा ऐक्यबद्धता जाहेर गरी शुरू गरेको आन्दोलनलाई चलचित्र संघले अपमूल्याङ्कन गरेको भन्दै आन्दोलनलाई साथ दिने निर्णय लिएको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
यस्तै फिल्मकर्मीको आन्दोलनलाई नेकपा-माओवादीले पनि ऐक्यबद्धता जनाएको छ । संयूक्त आन्दोलन संघर्ष समितिका सचिव सुरेश दर्पण पोखरेलका अनुसार बिकास बोर्डमा नेकपा-माओवादीका प्रवक्ता नारायण शर्मा आएर आन्दोलनलाई ऐक्यबद्धता जनाएको बताए । यस्तै दर्पणका अनुसार नेबिसंघले पनि मौखिक रूपमा ऐक्यबद्धता जनाएको र भोली लिखित ऐक्यबद्धता जनाउने बताए ।

