फिल्म जगतका सेलिब्रेटीहरुका लागि अमेरिका भ्रमण अब ठूलो कुरा भएन किन कि अबको समय पहिलेको जस्तै पनि छैन । यध्यपी केही फिल्मकर्मीहरु भने अमेरिका पुगे पश्चात अझै नेपाल नफर्किने ट्रेन यथावत नै छ । तर विगतको तुलनामा अमेरिकामै हराउने सेलिब्रेटीको संख्या भने कम हुदै गएको चाहि पक्कै हो ।
यहि सिलसिलामा आज रेखा थापा पनि पहिलो पटक अमेरिका उडेकी छिन् । नमस्ते अमेरिका २ ले अमेरिकाका विभिन्न स्टेटमा आयोजना गर्ने १६ वटा कार्यक्रमका लागि रेखालाई छनौट गरेको हो जुन कार्यक्रमहरुमा रेखा आकर्षणको केन्द्र बन्न लागेकी हुन् । कार्यक्रममका सिलसिलामा उनी अमेरिका उड्ने बताईए पनि उनले गरेका केही तर्कहरुले उनी नेपाल फर्किने नफर्किने भन्ने प्रश्नहरु उब्जाई दिएको छ ।
रेखाको अनुसार फेब्रुअरी ९ (माघ २७) सम्म उनी अमेरिका बस्ने छिन् त्यस पश्चात उनी फ्रेब्रुअरी १६ (फाल्गुन ५) मा फेरी अमेरिका फर्किने छिन् । उनी मलेसियाबाट नेपाल नआई किन अमेरिका फर्किदैछिन् त्यो भने खुलाईएको छैन । तर, अपरान्ह ३ बजे एयरपोर्ट परिसरमा फिल्मीखबरसंग कुरा गर्दा रेखाले फाल्गुन २० सम्म कुनै पनि हालतमा आफू नेपाल फर्किने दाबी गरेकी छिन् ।


