Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

फ्यामेली प्रोग्राममा छविसंगै रेखा !

अनुप भट्टराई, काठमाण्डौ, 2013/01/21

बुझ्नै नसकिने र आश्चर्य लाग्दो सम्बन्धको एक उदाहरण लिनु पर्दा छवि ओझा र रेखा थापालाई  लिए काफी हुन्छ । किनकी धेरै पटक धेरै प्रकारका गसिपहरु बाहिर आएपनि यो सम्बन्धले एक किसिमको निस्कर्ष अझै पाएको छैन ।

 

तपाईको श्रीमान छवि हो भन्ने प्रश्न गर्‍यो भने रेखाले उ मेरो गार्जन हो भन्ने उत्तर दिन्छन् तर छवि भने यो बिषयमा न्यूट्रल नै रहन्छन् । यध्यपी छवि आफ्नो निवास गौरीघाटमा एक्लै दिनहरु बिताईरहेका छन् भने रेखा छवि निवास भन्दा झण्डै दुई किलोमिटर वर मित्रपार्क हाईवेमा रहेको अम्बे अपार्टमेन्टमा आफ्नी आमासंग बस्ने गरेको महिनौ भईसक्यो । आफूहरुको सम्बन्ध के हो र कसरी बगिरहेछ भन्ने निस्कर्षमा स्वयम पुग्न नसकेका उनीहरु आईतबार होटल र्‍याडिसनमा आयोजना गरिएको एक फ्यमेली प्रोग्राममा भने जोडी बाँधिएर आएका थिए ।


छविले आफ्नो बाईकलाई घरमै थन्काउदै रेखाको गाडीमा आएका थिए । चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेलको छोराको बिवाहको रिसेप्सन पार्टीमा उनीहरु जोडि बाँधिएर आए पश्चात उपस्थित फिल्मकर्मी समेत केही बेर अचम्ममा परेका थिए । यध्यपी आफ्ना हितैषी निर्देशक मित्र उज्जवल घिमिरे र अशोक शर्मा तथा अर्का प्रोड्यूसर प्रदीप  उदय पनि आफ्नो परिवारका साथ सो पार्टीमा आउने थाहा पाएपछि छवि र रेखा पनि जोडी भएर आएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।