Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्ड अध्यक्षमा गैर फिल्मकर्मीको नाम आए प्रधानमन्त्रीले रोक्का गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2013/01/21

विज्ञ फिल्मकर्मी नै बोर्डको अध्यक्षमा नियुक्त हुनुपर्ने लगायतका विभिन्न नौ बुँदे माग उठाएर अनसनमा उत्रिएका फिल्मकर्मीलाई प्रधानमन्त्री बाबुराम भट्टराईले साथ दिने भएका छन् ।



छैठौ पटक सम्मको क्याविनेट मिटिङमा सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादव उपस्थित नभएपछि मन्त्री र प्रधानमन्त्री बीच दुरी पनि बढेको छ, जसकारण बोर्ड अध्यक्ष नियुक्त प्रक्रियाको खेलमा अहिले प्रधानमन्त्री र सञ्चारमन्त्रीको जुहारी चलेको हो । नयाँ सरकार बन्ने सम्भावनाका बीच सञ्चारमन्त्रीले आफ्ना नजिकका मित्र एवं मैथली भाषामा केही फिल्म बनाएका धर्मेन्द्र मरहथ्वा (पप्पु)को नाममा टिपोट उठाएपछि यो बिषयमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको बुझिएको छ ।  



यता प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेसंग यो बिषयमा कुरा गर्दा उनले भनेका छन् । 'विज्ञ भनिएकाले सवैले मान्ने ब्यक्ति नियुक्त होस् भन्ने पिएमको चाहाना छ  तसर्थ आन्दोलन चलिरहदा पनि बोर्डमा अध्यक्ष नियुक्त हुन ढिलाई भएको हो', छलफल तथा वार्ताकै माध्यमवाट आन्दोलनको निकास खोज्न प्रधानमन्त्री गम्भीर रहेको पाण्डेले बताए ।