Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

राजेश हमालले शुरू गरे राजनीति

फिल्मीखबर, काठमाण्डौ, 2013/01/21

फिल्म उधोगमा आन्दोलन चर्किरहेका बेला महानायक राजेश हमालले राजनीति शुरू गरेका छन् । उनले शुरू गरेको कुर्सीमा रमाउने राजनीति नभएर फिल्मको पर्दामा रमाउने राजनीति हो ।

 

बिएन फिल्सको व्यानरमा दीपक सुवेदी र दीपक कुमार भट्टराईले निर्माण शुरू गरेको फिल्म 'राजनीति' मा महानायक हमाल राजनेताको भुमिकामा प्रस्तुत हुने बताईएको छ । केहि दिन अगाडीबाट फ्लोरमा गएको यो फिल्ममा राजेश हमाललाई अनस्क्रिन साथ चर्चित गायिका कोमल ओलीले दिंदैछिन् । फिल्ममा गायिका ओली हमालको श्रीमतीको भुमिकामा देखिने निर्देशक बसन्त निरौलाले बताए । हमालले भोली मंगलबारबाट सुटिङ ज्वाईन गर्ने छन् ।
 

 

शिव ढकालको छायांकन र अष्ट महर्जनको द्धन्द रहेको यो फिल्ममा राजेश र कोमलको साथमा दीपक कुमार भट्टराई, दीपक सुवेदी र पवित्रा आचार्यको पनि मुख्य भुमिका रहने बताईएको छ । फिल्मले वर्तमान नेपालको राजनैतिक अवस्थालाई चित्रण गर्ने निर्देशकको भनाई छ ।