Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नो स्मोकिङमा महिमा ईन

फिल्मीखबर, काठमाण्डौ, 2013/01/20

हिरोईन ईन आउटको खेलका कारण फ्लोरमा जान नपाएको नो स्मोकिङमा फिल्ममा महिमा सिलवाल ईन भएकी छिन् । यस अघि गायिका जमुना जोशीलाई उक्त यूनिटले हिरोईनको रुपमा डेब्यू गराउने प्रयास गरेपनि उनलाई एग्रीमेन्ट पश्चात आउट गरिएको थियो तर एक्कासि आज सो फिल्मको शुभ मुर्हतमा भने महिमा देखा परिन् ।

 

 बुढानिलकण्ठ स्थित नारायणथान मन्दिरमा बिहानै महिमा हातमा पुजाको सामग्रीका साथ उपस्थित हुदा नो स्मोकिङको पछिल्लो रहस्य बाहिरएको हो । 'जमुना जी अलि ब्यबहारिक नभईदिदा हामीले उहाँलाई आउट गर्न बाध्य भएका थियौ र सो रोलमा महिमा जी उपयूक्त देखेपछि उहाँसंग काम गर्ने सहमति भएको हो', निर्देशक सुमन दाहालले भने । 

 
यो फिल्ममा अब महिमा सहित लिड रोलमा झरना थापा तथा दुई नयाँ हिरोहरु सञ्जय खतिवडा र  दिनेश देवकोटा रहने छन् । यसैगरी यो फिल्मबाट चरित्र अभिनेताको रुपमा सरोज अर्यालले समेत डेब्यू गर्दैछन् । फिल्मलाई दिब्यश्वर गौतमले खिच्ने छन् भने फाईट हिमाल के.सीको रहने छ । 
 
 
'स्क्रिप्ट पुजाआजा गरी आज हामीले फिल्मको शुभसाईत गरेका हौ तर सुटिङमा जान चाहि अझै केही दिन लाग्छ होला', प्रोड्यूसर मुरारी पोखरेलले भने । यस्तै यो बिषयमा निर्देशक दाहालले भने- 'विभिन्न कारणले फिल्मको डेट सर्यासर्यै छ र अहिले पनि फिल्मकर्मीहरुको आन्दोलनका कारण हामी अलमलमा छौ, त्यसैले आजको शुभ साईतमा चाहि स्क्रिप्टको पुजा आजा गरिएको हो ।'  सुमनका अनुसार केहि  दिन भित्रै आन्दोलनले आफ्नो लक्ष्य हासिल गर्ने वातावरण  देखाएको हुदा सो अनुकुलताका बीच नो स्मोकिङ्ग टिम फ्लोरमा जाने छ । 
 
शुभसाईतमा फिल्मका कोर टिम अन्र्तगत झरना थापा बाहेक प्रोडक्सन म्यानेजर एवं गितकार शंकार अधिकारी घायल, कोरियोग्राफर नारायण रिजाल, चिफ असिस्टेन्ट डाइरेक्टर अनमोल शर्मा र क्यामेरापर्सन दिब्यश्वरको उपस्थिती थियो ।