द्धन्द्ध पिडित बालबालिकाको सहयोगार्थ फिल्म 'रंग'को पहिलो विशेष प्रर्दशनी शनिबार सर्लाहीको विणा चलचित्र मन्दिर लालबन्दीमा सम्पन्न भएको छ । विशेष प्रर्दशनीमा प्रमुख आर्कषण नेपाली रजपटका महानायक राजेश हमाल रहे । जनकपुर अञ्चलमै पहिलो पटक यसरी सार्वजनिक कार्यक्रममा महानायक हमाल सहभागी भएका हुन् ।
सधै सिनेमा भवनमा फरक फरक भूमिकामा देखिदै आएको महानायकलाई आफ्नै आखा अगाडी देख्न पाउदा भगवान नै आए जस्तो महसुश भएको प्रत्यक्ष दर्शकहरुले वताए । चेतना सन्देश नेपाल संस्थाद्धारा संञ्चालित अनाथ बालबालिकाको जीवनमा केहि खुशिका रंग भर्न सकियोस भन्ने उद्देश्यले चलचित्र प्रत्रकार संघ शाखा सर्लाही महोत्तरीले आयोजना गरेको हो ।
त्यस्तै राजेशले आइतबार सर्लाहीकै घुकैली स्थित द्धन्द्ध पिडित अनाथ बालबालिका अध्ययनरत पञ्च इशाका प्राविमा रहेको पुस्तकालयको पनि उद्घाटन गरे । उद्घाटन कार्यक्रममा वोल्दै राजेशले पुस्तकले मान्छेको जिवन परिवर्तन गर्ने भएकाले अझ अनाथ बालबालिका पढ्ने विद्यालयमा पुस्तकालय हुनु महत्वपुर्ण भएको बताए । लगभग चार सय विद्यार्थीले अध्ययन गरिरहेको विद्यालयमा ३२ जना अनाथ बालबालिका अध्ययनरत छन् ।

कार्यक्रममा राजेश हमालका साथै फिल्मका निर्देशक रोशन बिक्रम ठकुरी, नायक सुमन सिह, मुकेश आर्चाय, निर्माता तथा वितरक नरेन्द्र महर्जनको उपस्थिती रहेको थियो । फिल्म रंगको प्रचार प्रसार स्वरुप पहिलो खुड्किलो हो यो । फिल्म रंग आगामी फाल्गुन ४ गतेबाट देशभर एकसाथ प्रर्दशनमा आउने भएको छ ।

