Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जर्नलिष्ट दिनेश सिटौलालाई मातृ शोक

फिल्मीखबर, काठमाण्डौ, 2013/01/20

फिल्म जर्नलिष्ट दिनेश सिटौलालाई मातृ शोक परेको छ । लामो समय देखि दम रोगी उनको ममतामयी माता जानुकाको ६० बर्षको उमेरमा हिजो राति निधन भएकाले उनी अहिले शोकको घडीमा छन् । प्रदर्शनी मार्ग स्थित मेडेल अस्पतालमा उपचारको क्रममा उनको आमाको निधन भएको हो । 

 
एन.टी.भी प्लसमा हरेक बुधबार सिनेमा नेपाल नामक कार्यक्रम चलाउदै आएका उनी बिहान पशुपति आर्यघाटमा गरिएको दाहसस्कार पश्चात आफ्नै निवास बालाजुमा अन्य तेह्र दिने पुण्य कार्यमा छन् । निकै सोझो, ईमान्दार र कसैको कुभलो नचाहने जर्नलिष्टको रुपमा चिनिएका उनलाई यो शोकको घडीमा धैर्य धारण गर्ने क्षमता मिलोस भन्ने फिल्मीखबरको कामना छ ।