Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आन्दोलनकारीको अनुमती बिना विकास बोर्ड कर्मचारीले काम नगर्ने

फिल्मीखबर, काठमाण्डौ, 2013/01/18

नेपाल चलचित्र विकास बोर्ड स्वायत्त गरिनुपर्ने, चलचित्र बिकास बोर्डका अध्यक्ष तथा पदाधिकारीको नियुक्तिको बिषयमा चलचित्र क्षेत्रसंग प्रत्यक्ष संलग्नता रहेको ब्यक्ति अनिवार्य गर्नुपर्ने, क्स अफिसको केन्द्रिय संरचना निर्माण गरी तुरुन्त लागु गर्नुपर्ने श्रमजीवी चलचित्र ऐन तुरुन्त बनाई लागु गर्नुपर्ने, केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) को आचारसहिता निर्माण गरी लागु गर्नुपर्ने जस्ता माग राख्दै एक साता अघिदेखि आन्दोलनमा उत्रेका फिल्मकर्मीलाई नेपाल चलचित्र विकास बोर्डका कर्मचारीले पनि साथ दिने भएका छन् ।

 

शुक्रबार बोर्डका कर्मचारीसँगको छलफल पश्चात आन्दोलनकारीको अनुमती बिना कुनै काम नगर्ने प्रतिबद्धता बोर्ड कर्मचारीले गरेका छन् । सरकारबाटबाट काम गर्ने दबाद आउनु र आन्दोलनकारीबाट काम नगर्ने दबाद आएपछि बोर्ड कर्मचारीले कुनै पनि अफिसियल काम आन्दोलनमा रहेका फिल्मकर्मीको अनुमती बेगर नगर्ने निर्णय गरेको बताईएको छ । यता प्रहरी प्रशासनले भने काममा अबरोध ल्याए बिहिबार जस्तै आन्दोलनकारीलाई पक्राउ गर्ने चेतावनी दिएको छ ।

 

 

यस्तै बिहिबारबाट रिले अनसनमा बसेका ६ फिल्मकर्मीलाई आज ९ जना फिल्मकर्मीले पालो दिएका छन् । हिजो कुरी र कुमार सिलवालले बोर्डको प्राङणमा रिले अनशन शुरू गरेका थिए । आज भने अभिनेता सुनिल थापा, अभिनेत्री बसुन्धरा भुषाल र रूपा राना, निर्देशक शंकर घिमिरे, अभिनेत्री पूजना स्त्री, चलचित्र प्राबिधिक संघका उपाध्यक्ष पुष्कर लामा, नृत्यकार संघका महासचिव जनक कार्की र आदिवासी जनजाती चलचित्र महासंघकी महासचिव टोमा लामाले दोस्रो दिनको रिले अनशन शुरू गरेका छन् । उनीहरूलाई भोली पालो दिईने छ ।