Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`हिरो अफ द डे शंकर घिमिरे` (बिहिबारको आन्दोलन विस्तृतमा)

अनुप भट्टराई, काठमाण्डौ, 2013/01/17

बिहिबार चलचित्र बिकास बोर्डमा भएको घम्साघम्सीमा निर्देशक शंकर घिमिरेले बहादुरी देखाउदा उनलाई 'हिरो अफ द डे'को उपमा दिईएको छ । आन्दोलनरत ११ वटा संघसंस्थाका प्रतिनिधि सहित अन्य फिल्मकर्मीहरुले शंकरको सो बहादुरीलाई निकै प्रशंशा पनि गरे ।

 

करिब १ सय ५० फिल्मकर्मीहरु विकास बोर्डमा नारावाजी सहित पुनः ताला लगाउन गएको समयमा प्रहरीको ठूलो धरपकडलाई बेवास्ता गर्दै घिमिरेले ताला लगाउन सफल  भएपछि उनी बिहिबारको आन्दोलनमा हिरो अफ द डे को रुपमा चिनिएका हुन् । ताला लगाउने क्रममा उनको दाहिने हातको कान्छी औला पूर्ण रुपमा मर्किएको छ । यस्तै अर्का फिल्मकर्मी प्रदीप सिहंलाई प्रहरीले हस्तक्षेप गर्ने क्रममा छातिमा गम्भीर चोट लागेपछि उनी अस्वस्थ्य भएका छन् । यसैगरी नेपालको पहिलो रंगित फिल्म कुमारीकी हिरोईन चैत्यदेविलाई पनि प्रहरीको हस्तक्षेपले छातिमा चोट लाग्दा आन्दोलनको बिचबाटै आरामका लागि उनी घर फर्किनु पर्‍यो । यता अभिनेत्री मौसमी मल्लको पनि दाहिने हात करिब मर्किएको स्थिती छ ।


प्रहरीको ठूलो चेन तोड्दै फिल्मकर्मीले पुनः बोर्डको मुख्य ढोकामा ताला लगाए पश्चात बलजर्वजस्ती प्रहरीले फिल्मकर्मीलाई पक्राउ गरी प्रहरी चौकी पुर्‍याए पश्चात प्रहरीले ताला पुनः तोडेको  थियो । यसैगरी बिहिबारको बृहत आन्दोलनमा शंकर सहित हिरो मुकेश ढकालको भूमिकाबाट सडकमा उत्रिएका फिल्मकर्मी बढी हर्षित छन् । 'यो आन्दोलन सफल बनाउन हामीलाई मुकेश जस्तै बहादुर हिरोहरूको आवश्यकक्ता छ तर खै हाम्रा अरु हिरोहरु कहाँ हराउनु भो ?', अभिनेत्री मौसमी मल्लले भनिन् ।

 

 

कलिउड रिलिजका कारण आर्यन यो आन्दोलनमा आएका छैनन् भने जीवन लुईटेल र राजबल्लभ केही हप्तादेखि अष्ट्रेलियामा छन् । यसैगरी महानायक राजेश हमाल डेढ हप्तादेखि थाईल्याण्डमा रहेकाले उनको पनि उपस्थिती दिखिएको छैन । सविन श्रेष्ठ भने साँझको समयमा आन्दोलनमा समर्थन जनाउन चौकी भित्रै आएका थिए । तर नयाँ पुस्ताका हिरोईनहरुको उपस्थिती चाहि देखिएको छैन ।


यसैगरी आन्दोलनमा समर्थन जनाउन भूवन केसी, श्रीकृष्ण श्रेष्ठ, संगीतकार शम्भुजीत बास्कोटा र अशोक शर्माको पनि समर्थन महानगरीय प्रहरी प्रभाव गौशाला देखिएको थियो । श्री, भूवन र शम्भुजीतले चौकी भित्रै सरकार विरोधी नारा लगाएका थिए भने अशोकले पक्राउ परेका १ सय २१ फिल्मकर्मीलाई छुटाउन अन्तिम समयमा महत्वपूर्ण भूमिका खेले ।


बौद्ध प्रहरी बृत्त अन्र्तगतका डिएसपी मनोज कुमार केसीको नेतृत्वमा खटिएको प्रहरीले ताला लगाए पश्चात रिले अनसनमा बस्ने तयारी गरिरहदा फिल्मकर्मीलाई समाते पश्चात राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष सुदीप पाठकको नेतृत्वमा आएको एक टोलीले आफ्नो अनुसन्धान सुरु गरेको छ । 'अनसनमा बसेको अवस्थामा उहाँहरुलाई प्रक्राउ गर्नु मानवअधिकार विपरित हो त्यसैले यो बिषयमा हाम्रो गम्भीर ध्यानकर्षण भएको छ', चौकीमा आफ्नै वकिलका साथ आएका पाठकले भने । मध्यान्न १२ बजे पक्राउ गरिएका फिल्मकर्मीलाई साँझ साढे ६ बजे मात्र छाडिएको थियो । त्यस पश्चात रिले अनसनमा उत्रिएका ६ जनालाई पुन: विकास बोर्ड पुर्‍याई ब्यवस्थित तरिकाले रिले अनसनमा राखिएको छ ।


२४ घण्टे रिले अनसनमा हिरो मुकेश ढकाल, हिरोईन ऋचा सिंह ठकुरी, निर्देशकद्धय सुरेश दर्पण पोखरेल, सुभाष गजुरेल तथा बरिष्ठ अभिनेत्री लक्ष्मी गिरी र प्रोडक्सन कन्ट्रोलर कुमार सिलवाल उत्रिएका छन् ।

 

 

प्रहरीको हस्तक्षेपमा फिल्मकर्मी भिडियो हेर्नुस  ।