राष्ट्रिय चलचित्र बचाउ भन्ने मुख्य नारा बोकेर आन्दोलनमा उत्रेका फिल्मकर्मीलाई बरिष्ठ फिल्मकर्मीहरूले साथ दिने क्रम बढ्दो छ । निर्देशक समाजका अध्यक्ष विमल पौडेलले अनसनबाट शुरू गरेको यो आन्दोलन निर शाह, करिष्मा मानन्धर, बसुन्धरा भुषाल, छबि ओझा हुँदै अभिनेता भुवन केसी, श्रीकृष्ण श्रेष्ठ, शम्भुजित बाँस्कोटा लगायतका फिल्मकर्मी गौशाला प्रहरी चौकी पुगेका छन् । आन्दोलनमा उत्रेका फिल्मकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएर गौशाला पुर्याएपछि उनीलाई साथ दिन फिल्मकर्मीहरूको भिड बढ्दो छ ।
सञ्चारमन्त्रीले लिखित प्रतिबद्धता जनाए पनि माग पुरा नगरेको भन्दै एक हप्ता देखि पुनः आन्दोलनमा उत्रिएका फिल्मकर्मी बिकास बोर्डमा लगाएको तालालाई बुधबार प्रहरीले फोडेपछि बिहिबार बिहान पुन: फिल्मकर्मीले ताला लगाउने क्रममा प्रहरी हस्तक्षेप भएको थियो । प्रहरीले शान्तीपूर्ण आन्दोलनमा रहेका करिब ४ दर्जन फिल्मकर्मीलाई गौशाला प्रहरी चौकी पुर्याएको छ ।
.jpg)
.jpg)




