Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रहरीको हस्तक्षेपमा फिल्मकर्मी र सञ्चारकर्मी/ बोर्डमा पुन: लगाईयो ताला

फिल्मीखबर, काठमाण्डौ, 2013/01/17

फिल्म उधोगको बिभिन्न माग राख्दै बिगत एक साता देखि आन्दोलनमा उत्रेका फिल्मकर्मी प्रहरीको हस्तक्षेपमा परेका छन् । सञ्चारमन्त्रीले लिखित प्रतिबद्धता जनाए पनि माग पुरा नगरेको भन्दै एक हप्ता देखि पुनः आन्दोलनमा उत्रिएका फिल्मकर्मी बिकास बोर्डमा लगाएको तालालाई बुधबार प्रहरीले फोडेपछि बिहिबार बिहान पुन: फिल्मकर्मीले ताला लगाउने क्रममा प्रहरी हस्तक्षेप भएको हो ।

 

प्रहरीले बोर्डको ढोकामा ताला नलगाउन आग्रह गर्दागर्दै फिल्मकर्मीले लगाईछाडे पछि हस्तक्षेप भएको हो । विकास वोर्डमा लगाएको ताला हिजो  दिउँसो २ बजे करीब २० जनाको संख्यामा चावाहिलस्थि चलचित्र विकास वोर्डमा पुगेका प्रहरीहरुले विकास वोर्डको ३ वटा गेटमा लगाईएका तालाहरु तोडेका थिए । सञ्चारमन्त्री राज किशोर यादवसँग सहमती भएका विभिन्न ९ वटा बुँदाहरुलाई तत्काल कार्यान्वयन गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रेका फिल्मकर्मीहरूले ताला लगाउनु पूर्व र लगाए पश्चात बोर्डको प्राङ्गणमा प्रहरी र फिल्मकर्मी बिच निकै बेर चर्काचर्की भयो । प्रहरीले शान्तीपूर्ण आन्दोलनमा रहेका करिब ४ दर्जन फिल्मकर्मीलाई गौशाला प्रहरी चौकी पुर्‍याएको छ । 

 
 
 
प्रहरीको पक्राउमा नायिका करिष्मा मानन्धर, अभिनेत्री बसुन्धरा भुषाल, लक्ष्मी गिरी, नायिकाहरू सुमिना घिमिरे, ऋचा सिंह ठकुरी, पूजना स्त्री, अभिनेत्री मौसमी मल्ल, कलाकार संघका अध्यक्ष नवल खड्का, द्धन्दकलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठ, निर्देशक सुरेश दर्पण पोखरेल, श्याम भट्टराई, एमएस अग्रज, बिमल पौडेल, नायक मुकेश ढकाल लगायतका फिल्मकर्मीको साथमा फिल्मीखबरकर्मी अनुप भट्टराई र अनलाईनखबरका बिजय आवाज रहेका छन् । एकतर्फी रुपमा आफ्नो बल प्रयोग गरेर सरकारले आफूहरूको आन्दोनललाई जति रोक्न खोजेपनि माग पूरा नभएसम्म यो आन्दोलन नरोकिने आन्दोलनरत फिल्मकर्मीको आवाज छ ।
 
 
यसैविच प्रहरीसँगको मुठभेटमा पर्दा कलाकार प्रदीप सिंहको मुटुमा समस्या आएको छ । उनलाई प्रहरीले आफ्नै भ्यानमा हालेर सिनामंगल स्थित काठमान्डौ मेडिकल कलेज उपचारका लागि पुर्याएको छ । यता बोर्डको ढोकामा ताला लगाउने क्रममा निर्देशक शंकर घिमिरेको कान्छी औंला फ्याक्चर भएको छ । सरकारले आन्दोलनलाई सुन्नुको सट्टा हस्तक्षेपकारी भूमिकामा प्रस्तुत भएको भन्दै फिल्मसँग सम्बन्धित बिभिन्न संघसंस्था र बरिष्ठ फिल्मकर्मीलेहरूले प्रहरीको यो दमनको घोरभर्तसना गरेका छन् । ताला लागेपछि बोर्ड कर्मचारी भने भित्र थुनिएका छन् ।
 
फिल्मकर्मीका मागहरू निम्नानुसार छन्
 
१) चलचित्र बिकास बोर्डलाई स्वायत्त गर ।
२) चलचित्र बिकास बोर्डका अध्यक्ष तथा पदाधिकारीको नियुक्तिको बिषयमा चलचित्र क्षेत्रसंग प्रत्यक्ष संलग्नता रहेको ब्यक्ति अनिवार्य गर  राजनितिक हस्तछेप बन्द गर् 
३) बक्स अफिसको केन्द्रिय संरचना निर्माण गरी तुरुन्त लागु गर ।
४) चलचित्र क्षेत्रको बिकास र विस्तारका लागि चलचित्र बिकास बोर्डले तयार पारी पेश गरेको एन ( फिल्म् को बर्गिकरण ) तुरन्त पास गरी तत्काल लागु गर ।
५) स्वदेशी चलचित्रको प्रदर्शनलाई अग्रस्थानमा राखि विदेशी चलचित्र प्रदर्शनमा कोटा प्रणालीको नियम लागु गर ।
६) श्रमजीवी चलचित्र ऐन तुरुन्त बनाई लागु गर । 
७) कुनैपनि स्वदेशी तथा विदेशी उत्पादनहरुको नेपालबाट प्रसारण तथा प्रचार हुने प्रचार हुने विभिन्न श्रब्य दृश्य तथा स्थित प्रचार सामग्रीको उत्पादन एवं प्रसारणमा नेपाली जनशक्ति अनिवार्य गर ।
८) केन्द्रिय चलचित्र जाँचपास (सेन्सर) समिति चलचित्रकर्मीको नेतृत्वमा गठन गर ।
९) केन्द्रिय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) को आचारसहिता निर्माण गरी लागु गर ।