Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पैसा जोगाउन थिएटरका कलाकार `तनाव`मा

फिल्मीखबर, काठमाण्डौ, 2013/01/16

फिल्म नचलिरहेको अवस्थामा चलेका कलाकारलाई लिएर पैसा खर्च गरि फिल्म बनाउनु भन्दा नयाँ अनुहारलाई लिएर सस्तोमा फिल्म बनाउनु बुद्धिमानी हुने तर्क ऋषि न्यौपानेको छ । त्यसैले उनी निर्माणाधिन फिल्ममा थिएटरका नयाँ अनुहारलाई लिएर फिल्म निर्माणको तयारीमा छन् ।

 

माघ २० गते भित्रमा सुटिङमा जाने बताईएको 'तनाव' फिल्मका लागि निर्देशक न्यौपानेले नयाँ अनुहारको छनोट गरिरहेको बताए । 'चलेको अनुहार राखेर पनि दर्शक नआएपछि नयाँ अनुहार लिएर काम गर्न लागेको छु', ऋषिले भने- 'दर्शकले फ्रेस कलाकारको अभिनय हेर्न पनि पाउने मेरो निर्मातालाई खर्च कम गरे हुने ।' ऋषिले एक साता भित्रमा सम्पूर्ण कलाकार फाईनल हुने बताए ।

 

तनावमा आए पछि मान्छे कति सम्म तल गिर्न सक्छ भन्ने कुरालाई मुख्य बिषय बनाएर ऋषिले तयार पारेको फिल्मको कथामा बिबेक सापकोटाले लगानी गरि फिल्म निर्माणको तयारी गरेका हुन् । चेतन सापकोटाको संगीत रहने यो फिल्ममा गणेश श्रेष्ठको छायाँकन रहनेछ भने करियोग्राफी बब्बु थापा र प्रदीप श्रेष्ठको रहनेछ । गीत बाहेक सम्पूर्ण सुटिङ काठमाण्डौमा नै गरिने निर्देशकले जानकारी गराए ।