Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरकारलाई फिल्मकर्मीको काउन्टर भोली फेरी ताला लगाईने

फिल्मीखबर, काठमाण्डौ, 2013/01/16

चलचित्र  बिकास बोर्डमा लगाईएको तालालाई आज अचानक प्रहरीले फोडेपछि सरकारसंग फिल्मकर्मी क्रुद्ध भएका छन् ।

 

दिउँसो २ बजेर दश मिनेटमा प्रहरीले बोर्डमा लगाईएको तीनवटा तालालाई फोडिदिएपछि स्थिती खतरा तर्फ धकेलिएको हो । बोर्डको ताला फुटाईएको बिषयमा अचानक बसेको आन्दोलनरत ११ वटा संघसंस्थाको बैठकले सरकारलाई काउन्टर दिन भोली बिहान कार्यालय समयमा पुनः बोर्डमा ताला लगाउने निर्णय गरेको छ । यस्तै बैठकले एघार वटा संघसंस्थाको सहभागिता रहने गरी रिले अनसन पनि सुरु गर्ने निर्णय गरेको छ ।

 
बैठक पश्चात कलाकार संघका अध्यक्ष नवल खड्काले दिएको जानकारी अनुसार पुनः ताला लगाउने र रिले अनसन संगै सरकार विरुद्ध खुला मञ्चमा शक्ति प्रदर्शन गर्ने पनि निर्णय गरिएको छ । खड्काले सरकारको यो कदम प्रति प्रतिक्रिया दिंदै भने- 'सरकारले मलम पट्टी लगाउनुको साटो कुठाराघात गरेको हुदा यस्तो कठोर निर्णय हामी बाध्य भएका हौ ।'  
 
 
ताला फोडिएसंगै विकास बोर्डका कर्मचारीले काम सुरु गरे
  
प्रहरीले ताला फोडेसंगै चलचित्र बिकास बोर्डका ३२ जना कर्मचारीहरु काममा फर्किएका छन् । ताला फोडिएको बिषयमा अनुगमनका लागि पुगेका निर्देशक सुमन दाहालका अनुसार सडकसंगैको गेट, लवी र मुल ढोकामा लगाईएका ताला त्यहाँ छैनन् र बोर्ड कर्मचारीहरु आ–आफ्नै काममा ब्यस्त छन् । चलचित्र बिकास बोर्ड राष्ट्रिय कर्मचारी संगठनले यो आन्दोलनमा समर्थन र विरोध दुवै नजाउने निर्णय गरेको  हुदा कर्मचारीहरु न्यूट्रल बसेका हुन् ।