Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र बिकास बोर्डमा लगाईएको ताला प्रहरीले फोड्यो

अनुप भट्टराई, काठमाण्डौ, 2013/01/16

फिल्मकर्मीहरुले गत पुष २५ गते चलचित्र बिकास बोर्डमा लगाईएको तालालाई प्रहरीले फोडिदिएको छ । सञ्चारमन्त्रीले लिखित प्रतिबद्धता जनाए पनि माग पुरा नगरेको भन्दै एक हप्ता देखि पुनः आन्दोलनमा उत्रिएका फिल्मकर्मी सिंहदरदबार घेराउको अवस्थामा पुगिसकेको बेला प्रहरीले आज दिउँसो २ बजेर १० मिनेटमा बोर्डका तीन वटै ढोकामा लगाईएका ताला फोडेको हो ।

 
'हामी घाम तापेर बसिरहेका थियौं अचानक करिब २० जना जति प्रहरीहरु आएर ताला फोड्नु भयो', विकास बोर्डका प्रशासन अधिकृत अनुपम निरौलाले भने । निरौलाका अनुसार गौशाला प्रहरी प्रभागबाट नाम नखुलेका इन्सपेक्टरको नेतृत्वमा खटिएको टोलीले ताला फोडेको हो । 
 
सरकारले आन्दोलनलाई सुन्नुको सट्टा हस्तक्षेपकारी भूमिकामा प्रस्तुत भएको भन्दै कलाकार संघ लगायत आन्दोलनरत ११ वटा प्रमुख संस्थाले कडा आपत्ती जनाउने करिब निश्चित छ ।  यसैक्रममा सरकार विरुद्ध कसरी उत्रिने भन्नेको निर्णयको लागि अहिले चलचित्र निर्माता संघमा आकस्मिक बैठक बसिरहेको छ ।