राष्ट्रको प्रमुख सचिवालय सिंहदरबार घेराउमा पुगेका फिल्मकर्मीलाई प्रहरीले हस्तक्षेप गरेको छ ।
नौ बुँदे मागलाई तत्काल कार्यान्वयन गर्न माग गर्दै विगत ६ दिन देखि आन्दोलनमा उत्रिएका फिल्मकर्मीहरुले सिंहदरबार निषेधित क्षेत्र परिसर नजिक शान्तिपूर्ण विरोध याली गरिरहेका बेला अनामनगर प्रहरी कार्यालय खटिएका करिब ३० बढी प्रहरीले हस्तक्षेप गरेका हुन ।
ईन्सपेक्टर श्याम कुमार महतोमा नेतृत्वमा परिचालित प्रहरीले केही फिल्मकर्मीलाई घुडामा चोट पुर्यायाउने गरी दमन गरेको हो । 'मलाई पछाडी बाट घुडामा हानेर हिड्न अप्ठयारो भईरहेको छ ' राष्ट्रिय चलचित्र संरक्षणमञ्चका सदस्य सविच सुरेश दर्पण पोखरेलले भने । यस्तै अर्का फिल्मकर्मी अमोल शर्माको पनि घुडा पछाडी चोट लागेको छ ।
.jpg)
अनामनगर स्थित सिंहरदबार पूर्वी गेटबाट निस्किएको शान्तिपूर्ण जुलुस हनुमान थान पुगी पुनः पूर्वी गेट तर्फ फर्किदै कोणसभामा परिणत हुने बेलामा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले हस्तक्षेप गरेपछि करिब पाँच मि नेट दोहोरो धरपकड भयो । 'यो निषेधित क्षेत्र हो त्यसैले हामीले हस्तक्षेत्र गर्न बाध्य भएका हौ ।' ईन्सपेक्टर महतोले भने । यध्यपी शान्तिपूर्ण जुलुसमा फिल्मकर्मीसंग उनी खरो भएर प्रस्तुत भएपछि केही बेर तनाव भएको हो ।
'हामीलाई दमन गरेर केही हुदैन हाम्रो तागत सञ्चारमन्त्रालयको गेटमा ताला लगाउने पनि छ ।' कलाकारसंघका अध्यक्ष नवल खड्काले कोण सभामा भने । यस्तै कोणसभामा अभिनेता कृष्ण मल्लले कलाकारलाई राजनीति गर्न बाध्य नपारियोस भन्दै सहमति गरिएका आफ्ना मागलाई तत्तकाल सम्बोधन गर्न सरकारसंग माग गरे । आजको विरोध कार्यक्रममा करिश्मा मानन्धर र सुभद्रा अधिकारीको समेत उपस्थिती भईदिदा आन्दोलनले गरम रुप लिएको थियो ।

.jpg)
.jpg)




.jpg)






