Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मंगलबार बिहान सिहंदरबार घेराउ गरिने

फिल्मीखबर, काठमाण्डौ, 2013/01/14

उठाईएका मागहरु प्रति सरकारले चासो नदेखाएको भन्दै फिल्मकर्मीहरुले राष्ट्रको प्रमुख शक्ति केन्द्र  सिंहदरबार घेराउ गर्ने भएका छन् । 

 
उनीहरुले मंगलबार  बिहान ११ बजे देखि  अनामनगर स्थित सिंहदरबार पूर्वी गेट परिसरमा भेला भई सरकार विरुद्ध चर्को नाराबाजी गर्न  लागेका हुन । चलचित्र बिकास बोर्डमा विज्ञ  ब्यक्तिलाई अध्यक्षको रुपमा तत्काल  नियुक्त गरिनु पर्ने लगायत विभिन्न ९ बुदे माग लिएर विगत ६ दिन देखि दोस्रो चरणको आन्दोलनमा उत्रिएका उनीहरुले यस पटकको आन्दोलनलाई निर्णायक पनि भनेका छन् । 
 
'एक महिना अघि निर्देशक समाजका अध्यक्ष विमल पौडेलको अकस्मात आमरण अनसनबाट सुरु भएको यो आन्दोलन झट्ट हेर्दा उल्टो देखिएपनि अब यसले क्रमश शक्ति बढाउदै लैजाने छ तसर्थ आन्दोलनरत फिल्म क्षेत्र बाहेकका अन्य संघसस्थासंग सहकार्य गर्दै साङ्गले जुलुस पनि निकालिने तयारी गरिएको  छ । ' कलाकारसंघका अध्यक्ष नवल खड्काले भनेका छन् । 
 
दोस्रो चरणको यो आन्दोलन कलाकारसंघको मोफसल शाखाहरुको नेतृत्वमा पनि गर्ने तयारी भईरहेको नवलको भनाई छ ।