Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

Exclusive : रङको ट्रेलरमा के देखियो ?

अनुप भट्टराई, काठमाण्डौ, 2013/01/13

राजेश हमालले फिल्म निर्देशन नगरेर के भो त ? उनलाई महान ब्यक्ति बनाउन सफल हमालका राईट ह्याण्ड रोशन हमालले  भने फिल्म निर्देशक भएर देखाईदिएका छन् । 

 
१५ बर्ष सम्म महानायकको संगतले उनको रगतमा फिल्मी बासना पूर्ण रुपमा छाईसकेको छ त्यसैले रोशनले महानायक संगको लामो संगतबाट रङ फिल्म निर्देशन गरे जसको ट्रेलर रिलिज गरिएको छ । ट्रेलर रिलिजसंगै रोशन र महानायकको एउटै फ्रेममा क्याप्चर गरिएको फोटोलाई पनि आज फिल्मीखबरले एक्सक्लुसिभ रुपमा रिलिज गरेको  छ ।
 
'यत्रो बर्ष सम्म मैले मिडियाको क्यामेराबाट दादासंग संगै फोटो खिचेको थिईन तर तपाई लक्की हुनुभयो',  फिल्मीखबरले राजेशसंग  जोईन्ट फोटो खिचेपछि  रोशनले भने  । 
 
 
सुमन सिहंको ट्रनिङ पोईन्टको रुपमा हेरिएको यो फिल्ममा मुकेश आचार्य, सुमिना घिमिरे र दीपशिखा शाही लिड रोलमा छन् । फागुन ४ गतेलाई अल नेपाल रिलिज मिति तय यो फिल्म एम.आर फिल्मसको ब्यानरमा निर्माण भएको हो । 
 
नोट  : महानायकलाई आफ्नो जिउदो भगवान ठान्ने रोशनले एम. आर. फिल्मस उर्फ राजेश हमाल र उनको गर्लफ्रेण्ड मधुको नामबाट उठ्ने अग्रेजीको पहिलो अक्षरबाट तय गरिएको अनुमान काट्न सकिन्छ । यध्यपी यस बिषयको विस्तृत  जानकारी अर्को न्युजमा...
 

RANG Official Trailer