Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मञ्जरीको सिआरबिटी अनाथालयलाई

फिल्मीखबर, काठमाण्डौ, 2013/01/13

चैत ९ लाई रिलिज मिति तय गरिएको मञ्जरी फिल्मको 'के हुदैछ कुन्नी' बोलको गीतको  सिआरबीटीबाट संकलन हुने ५० प्रतिशत रोयल्टी रकम अनाथालयलाई दिईने सहमति भएको छ । 

 
प्रोड्यूसर नरेश देव पाण्डेका अनुसार भक्तपुर काँडाघारीमा रहेको  फिउचर होप अर्गनाईजेशनको भवन निर्माणका लागि  सिआरबिटीबाट उठ्ने रकम सहयोग स्वरुप दिईने बिषयमा हिजो सहमति भएको हो । 'समाज  सेवाका लागि पनि हो फिल्म निर्माण तसर्थ हामीले यस्ता अभियानमा थोरै भए पनि सहभागिता जनाएका हौ,' उनले भनेका छन् । पाण्डेले माघ एक गते थप  एक अनाथालयका बालबालिकाहरु माझ भेटघाटको कार्यक्रम गर्दै सोही कार्यक्रबाट आफ्नो  फिल्मको विभिन्न पोष्टर रिलिज गर्ने तयारी समेत भईरहेको बताएका छन् । 
 
गणेश देव पाण्डेको निर्देशनमा बनेको मञ्जरी फिल्म बुटवलमा घटेको एक  सत्य घटनामा आधारित रहेको बताईएको छ । जसमा गौरव पहारी र सुजाता कोईराला लिड रोलमा  फिचर भएका छन् । अनाथालयको भवन निर्माणका लागि सहयोग गरिएको गितको सिआरबीटी सहित अन्य गितको सिआरबीटी नम्बर लिष्ट यसप्रकार छ ।