आन्दोलनको मर्म विपरित चलचित्र बिकास बोर्डलाई गोजीमा राखी विभिन्न निर्णय गरेको भन्दै बिकास बोर्डका सदस्य सचिव धनराज ज्ञावालीलाई फिल्मकर्मीले बोर्ड प्रवेश गर्न नदिने भएका छन् ।
बिकास बोर्ड तालाबन्दीको अवस्थामा उनले हिन्दी फिल्म मटरुकी बिजलीका मण्डोलालाई सेन्सर स्वीकृति दिएको तथा फिल्मकर्मीमाझ फुटको बातावरण सृजना गरेको देखिएको भन्दै एघार वटा प्रमुख संस्थाले उनलाई बोर्ड प्रवेश गर्न नदिने निर्णय गरेका हुन् ।
विरोध र्याली पश्चात शुक्रबार साँझ बसेको एघार वटा संस्थाको बैठकले लिखित रुपमै ज्ञावालीलाई चलचित्र क्षेत्रको गद्धार ब्यक्ति भनी संज्ञा दिएको राष्ट्रिय चलचित्र संरक्षण मञ्चका सदस्य सचिव सुरेश दर्पण पोखरेलले जानकारी गराएका छन् । पोखरलले भने, 'आन्दोलनलाई तुहाउन फिल्कमकर्मीमाझ फुटको बाताबरण सुजना गरेको तथा बोर्ड बन्द भएको अवस्थामा सेन्सर स्वीकृति दिएकाले उनलाई बिकास बोर्ड प्रवेशमा रोक लगाईएको हो ।'
यस्तै पोखरेलका अनुसार उक्त बैठकले सम्पूर्ण सदस्यहरुलाई जानकारी नगराई हिन्दी फिल्म सेन्सर पास गर्न लिखित सहमति गरेका चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेल र निर्माता संघका अध्यक्ष राजकुमार राईले माफ मागेपछि आईन्दा अन्य सदस्यको जानकारी बेगर कुनै पनि निर्णय नगर्ने सहमति भएको छ ।' आन्दोलनको चौथो दिन शनिबार विभिन्न ईन्टरभ्यूमा सहभागी भई सरकारलाई खबरदारी गर्ने कार्यक्रम तय गरिएको छ भने आईतबारका लागि दिउँसो १ बजे नयाँ बानेश्वर अन्र्तराष्ट्रिय सम्मेलन केन्द्र अघि ब्यग्यात्मक नाटक प्रर्दशन गरिने दर्पणको भनाइ छ ।

