सरकारले आफ्नो सभ्य आन्दोलनलाई नसुने सिंहदरबार घेर्ने चेतावनी फिल्मकर्मीले दिएका छन् । आन्दोलनको तेस्रो दिन आज विरोध र्याली आयोजना गरेका उनीहरुले चलचित्र बिकास बोर्डमा तत्तकाल विज्ञ फिल्मकर्मी नियुक्त गर्नुपर्ने सहित आफूसंग गरिएका चार बुँदे सहमति तत्तकाल कार्यान्वयन गर्नुपर्ने माग गरेका थिए ।
दिउँसो साढे दुई बजे देखि भृकुटीमण्डपबाट सुरु भएको र्याली पद्यमोदय मोड हुदै पुतलीसडक, बागबजारबाट रत्नपार्कमा पुगी कोण सभामा परिणत भएको थियो । र्यालीमा उपस्थित करिब ३ सय फिल्मकर्मीले विरोध स्वरुप रत्नपार्क चौबाटोमा विम्वात्मक आत्महत्या गरेका थिए । कालो पट्टी सहित प्लेकार्ड बोकेर आन्दोलनमा सहभागी भएका फिल्मकर्मीहरुले रत्नपार्क स्काई ब्रिज तलको सडकमै सो कार्यक्रम गर्दा उक्त क्षेत्रमा ठूलो ट्राफिक जाम भएको थियो । करिब ४५ मिनेट लामो र्यालीका कारण ट्राफिक जाम नियन्त्रणमा लिन प्रहरीलाई करिब एक घण्टा समय लागेको थियो ।

.jpg)






.jpg)



.jpg)








