Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वाहुनमारामा `छल` गरिंदै

भोजराज कोइराला, महोत्तरी, 2013/01/11

प्रदर्शनमा रोक लागेको फिल्म एटीएमका नायिकाहरु सविना कार्की र सोनिया शर्मा अहिले धनुषाको वाहुनमारामा छन् । फिल्म 'छल'को छायाकंनको लागि उनीहरु वाहुनमारा आएका हुन् ।

 

'छल'को छायाकंन एक हप्ता अघि देखि बाहुनमारा र त्यस आसपासका विभिन्न स्थानमा भैरहेको छ । लाइफ रेश फिल्मस्को व्यानरमा निर्माण भैरहेको 'छल'लाई शिव घिमिरेले निर्देशन गरिरहेका छन् । फिल्म ग्याङस्टारहरुको कथामा वनाइएको एक्सन प्रधान भएको निर्देशक घिमिरेले बताए । ग्याङस्टारहरु विचको द्धन्दको कथा यसमा देखाउन खोजिएको उनको भनाई  छ । 'छल'मा कुनै अश्लिल दृश्य र संवाद नभएको दावी समेत निर्देशक घिमिरेले गरे ।

 

छायाकंन स्थलमा छोटो पहिरनमा भेटिएकी नायिका सोनिया शर्माले पनि छलमा कुनै अश्लिल दृश्य र संवाद नभएको दावी गरिन् । फिल्ममा कार्की र शर्मा सहित इशा गौतम, संजोक राणा, प्रज्वल गिरी, विजय रोक्का, रवि केसी लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । वाहुनमारा स्थायी घर भएका भुवन भुजेलले निर्माण गरेको 'छल'का प्रस्तुतकर्ता रवि केसी हुन् । वाहुनमारा पछि फिल्मको छायाकंन सिन्धुली तथा जनकपुरका विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ ।