Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाले बोलेका कति कुरा सत्य ?

फिल्मीखबर, काठमाण्डौ, 2013/01/11

चलचित्र बिकास बोर्डमा अध्यक्ष को बन्छ भन्ने  लहरमा तानिएकी रेखा थापाले बोलेका कति कुरा सत्य होलान भनेर नयाँ बहस सुरु भएको छ । 

 
गत बुधबार बिहान आफूले प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेको भन्ने प्रतिक्रिया केही मिडियामा स्वयम  उनले दिएपछि उनको  बिषयमा यो बहस सुरु भएको हो ।
 
 रेखाले प्रधानमन्त्रीलाई  भेटेको बताएपनि प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले आज एक राष्ट्रिय दैनिकमा खण्डन गरेपछि रेखाले ढाटेको रहस्य खुलेको हो  । रेखाले बाबुरामलाई नभई हिसिला यमीलाई भेटेकी थिईन विश्वदीपको प्रतिक्रिया छ । तर हिसिलालाई भेटेको तर्कलाई रेखाले  प्रधानमन्त्रीलाई भेटेको भनी झुठो प्रतिक्रिया दिदा उनको वजन घटेको हो ।  यता फिल्मीखबरसंगको कुराकानीमा पनि विश्वदीपले भनेका छन् 'उहाँलाई भेट्ने कार्यक्रम थिएन र छैन पनि ।' 
 
देशकै चर्चित हिरोईनले प्रधानमन्त्री जस्तो ब्यक्तिलाई राष्ट्रिय स्तरको मिडियामा भेटे भनी प्रतिक्रिया दिनुले उनका हरेक खबर झुठो हुन सक्ने आधार बढेको छ  । सर्वप्रथमत  उनले आफू प्लस टू पास छु भनेर प्रतिक्रिया दिने गरेकी थिईन जुन प्रसङ्गलाई अधिकाश फिल्मकर्मीले झुठो हुन सक्ने अनुमान लगाउदै आएका  थिए र यो खबर बाहिरिसंगै उनको पढाईको बिषयमा पनि शंका गर्न सकिन्छ । 
 
त्यति मात्र हैन गत भदौमा २९औँ जन्मदीन मनाएकी रेखाको उमेर पनि सहि हुन नसक्ने आधार उनको झुठो बाणीले देखाएको छ । उनी निकट केही फिल्मकर्मीले उनी ३१ बर्ष नाघिसकेको पनि भन्ने गर्छन तर के थाहाँ प्रधानमन्त्रीलाई भेटे भनी झुठो खबर दिने उनले यो बिषयको जानकारी पनि  सहि दिएकी हुन भन्ने आधिकारिकता छैन ।