Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दोस्रो दिन कालो पट्टी बाधेर विरोध (फोटो फिचर सहित )

फिल्मीखबर, काठमाण्डौ, 2013/01/10

दोस्रो चरणको आन्दोलनको दोस्रो दिन आज फिल्मकर्मीहरुले टाउको र दुई हातमा कालो पट्टी बाधी सरकारको विरोध गरेका छन् । 

 
पहिलो दिन हिजो चलचित्र बिकास बोर्डमा नाराबाजी गर्दै ताला लगाएका उनीहरुले आज बिहान एक घण्टा नाराबाजी सहित टाउको र हातमा कालो पट्टी बाधी आफ्नो मागलाई पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारसंगको परिमर्जित चार बुदे सहमति पालना नहुनजेल सम्म आफ्नो आन्दोलनलाई जारी राख्ने अठोटका साथ विरोधमा उत्रिएका उनीहरुले तत्काल चलचित्र बिकास बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्ने आवाज उठाएका छन् । 
 
आन्दोलनको नेतृत्तव गरिरहेको राष्ट्रिय चलचित्र संरक्षण मञ्चका सदस्य सचिव सुरेश दर्पण पोखरेलका अनुसार भोली शुक्रबार दिउँसो दुई बजे विरोध याली तय गरिएको छ । भृकुटीमण्डपबाट सुरु हुने र्‍याली पुतलीसडक, बागबजर हुदै शान्तिबाटिकामा पुगी कोण सभामा परिणत हुने छ ।
 
यस्तै दर्पणका अनुसार प्रधानमन्त्री बाबुराम भट्टराई, सञ्चारमन्त्री राजकिशोर यादवको नक्कल गरी ब्यङग्यात्मक नाटक प्रदर्शन पनि शान्तिबाटिकामा गरिने छ । त्यस्तै फिल्मकर्मीद्धारा विम्बात्मक आत्महत्या गर्ने कार्यक्रम पनि अटाईएको छ । भोलीका कार्यक्रमका लागि चलचित्र प्राविधिक संघसंगको सहयोगमा  काठमाण्डू उपत्यकामा भईरहेका सम्पूर्ण फिल्मका सुटिङ समेत स्थगित गराईदैछ ।