Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

`असिस्टेन्ट हैन सहकर्मी` : निश्चल बस्नेत

फिल्मीखबर, काठमाण्डौ, 2013/01/09

फिल्म लूटमा आफूलाई सहयोग गर्ने सहायक निर्देशकहरूलाई निर्देशक निश्चल बस्नेतले सहकर्मी भन्नु पर्ने तर्क अघि सारेका छन् । बुधबार फिल्म अध्यायको प्रेसमिटमा भेटिएका निर्देशक बस्नेतले भने- 'मिडियामा असिस्टेन्ट भनिएको छ तर म सहकर्मी भन्छु ।'

 

 

लुटमा आफूलाई सह-निर्देशनमा सघाएक निगम श्रेष्ठले छड्के फिल्मको निर्देशन गरेका छन् भने प्रबिन स्याङ्बोले अध्याय निर्देशन गरेका छन् । लुट फिल्म राम्रो बन्नुमा आफ्ना सहकर्मी निगम र प्रबिनको ठूलो हात रहेकाले निश्चलले उनीहरूलाई असिस्टेन्ट भन्न नहुने तर्क अघि सारेका हुन् । निगमलाई छड्केमा सह-निर्देशनमा सघाउने प्रतिबद्धता जनाए पनि व्यस्तताका कारण सहयोग गर्न नसकेको बताउँदै निश्चलले अध्याय निर्माणका लागि प्रबिनलाई भने केहि सहयोग गरेको बताए ।

 

 

आफ्ना हरेक प्रोजेक्टमा एकअर्काको सहयोग रहने बताउँदै निश्चलले छड्के र अध्याय फिल्म राम्रो बनाएको बताए । अध्यायका निर्देशक प्रबिनले स्क्रिप्टको पहिलो ड्राफ्ट निश्चललाई देखाएको बताउँदै उनको सहयोगले नै फिल्म अध्याय तयार भएको बताए । उनले भने, 'फिल्म निर्माणमा निश्चलको धेरै सहयोग पाएको छु ।' लुटमा सह-निर्देशन अघि प्रबिनले करिब १० वटा सर्ट फिल्म सहित म्युजिक भिडियो निर्देशन तथा थुप्रै भिडियो सम्पादन गरेको बताए ।

 

निश्चल, प्रबिन र निगम ओस्कार कलेज अफ फिल्म स्टडिजका बिधार्थी हुन् । उनीहरू एकअर्काका परिपूरक बनेर फिल्म निर्माणमा लाग्ने बताउँछन् । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा ओस्कार कलेजका बिधार्थीहरू सक्रिय भएर आएको देखिन्छ । उनीहरूले निर्माण गरेका फिल्म पनि चर्चामा नै आउने गरेका छन् ।