Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फस्टलुक : अँध्यारोमा नेपथ्यका पात्र

रेम बिक, पोखरा, 2013/01/09

नेपाली फिल्म ‘नेपथ्य’ले आफ्नो टाईटलको फस्टलुक सार्वजनिक गरेको छ । सुटिङ सकिएर सम्पादनको अन्तिम चरणमा पुगेको फिल्म नेपथ्यको निर्माण पक्षले सार्वजनिक गरेको टाईटलको फस्टलुक पोस्टरमा कलाकारहरुलाई अँध्यारो भित्र देखाईएको छ ।

 

ड्रिम वर्क फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म केहि समयमा रिलिज गर्ने गरि तयारी भैरहेको निर्माण पक्षले जनाएको छ । रामराजा दाहालको निर्देशनमा बनेको फिल्मको फस्टलुक पोस्टर आनन्द महर्जनले डिजाईन गरेका हुन् । पोस्टरमा अँध्यारो परिवेशको स्थानमा फिल्मका चार जना मुख्य कलाकारहरुलाई उभ्याईएको छ । ‘फिल्मको शिर्षकलाई मध्यनजर गर्दै हामीले यस्तो खाले फस्टलुक पोस्टर तयार पारेका हौँ’, पोस्टरको बारेमा जानकारी दिँदै फिल्मका निर्देशक रामराजा दाहालले भने–‘अब केहि समयमा फिल्मको प्रोमो समेत सार्वजनिक गर्ने तयारी गरेका छौँ ।’

 



सपना देख्नेहरुको कथालाई फिल्ममा प्रस्तुत गरिएको निर्देशक दाहालले बताए । फिल्ममा आदित्य बुढाथोकी, विल्शनविक्रम राई, रेम बिक, मानव सुवेदी र सोना तिमिल्सिना प्रमुख भुमिकामा देखिएका छन् । त्यस्तै फिल्ममा हट नायिका शुष्मा कार्कीको आईटम नम्बर पनि समावेश गरिएको निर्माण पक्षले जनाएको छ । फिल्ममा रवी गिरी, रश्मी भट्ट, शिशिर खरेल लगाएतका कलाकारहरुको समेत अभिनय हेर्न सकिनेछ । त्यसैगरि विशेष भुमिकामा नायिका प्रियंका कार्की, सुनिल थापा र सुवास कोईराला पनि देखिने छन् ।

सुवास सिंह बस्न्यातको पटकथा/संवाद रहेको फिल्मलाई सिनेम्याटोग्राफर सुशन प्रजापतिले खिचेका हुन् । बाबु बलामीको एक्सन रहेको फिल्ममा गम्भिर बिष्टले कोरियोग्राफि गरेका छन् भने संगीत मानव सुवेदीले भरेका छन् । फिल्मलाई रोशन लामिछानेले सम्पादन गरिरहेका छन् ।