Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ताला लगाउने मुख्य कार्यक्रममा किन ढिला आए अगुवा ?

फिल्मीखबर, काठमाण्डौ, 2013/01/09

आन्दोलनका मुख्य अगुवानै ताला लगाउने जस्तो मुख्य कार्यक्रममा नआउदा उपस्थित फिल्मकर्मीमा केही निराश देखिन्थ्यो यध्यपी सम्पूर्ण तीन प्रवेशद्धारमा तालमा मारेपछि भने नीर शाह बोर्ड परिसरमा टुप्लुक देखिए । 

 
दश बजे देखि सुरु भएको नारावाजी साढे दश बजे ताला लगाउने कार्यक्रममा पुगी साढे एघार बजे सकिएको थियो जतिबेला शाह बोर्ड परिसरमा देखिए । उनी आफ्नी बुहारीलाई एयरपोर्ट ड्रप गर्न गएका कारण समयमा आउन नपाएको तर्क दिदै थिए तर अगुवा नै समयमा नआउदा कार्यक्रम स्थलमा आलोचना पनि भएको थियो उनको  ।
 
राष्ट्रिय चलचित्रकर्मी मञ्चका अध्यक्षका रुपमा आन्दोलनलाई अगुवा भएर डोर्याईरहेका शाहलाई बिकास बोर्डको अध्यक्ष बनाउनु पर्छ भन्ने करिब सर्वसम्मत मत फिल्मनगरीमा उठिरहेको छ ।