Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यो हप्ता प्रदीप उदयको राजिनामा फिर्ता गराईने

फिल्मीखबर, काठमाण्डौ, 2013/01/08

गएको दशै लगत्तै चलचित्र संघको महासचिव पदबाट अचानक राजिनामा दिएका प्रदीप उदयको सो राजिनामालाई उल्टाईने तयारी भईरहेको छ । चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेलका अनुसार यो हप्ता भित्र उनको सो निर्णयलाई फिर्ता गराईन लागिएको हो ।

 

'उहाँ जस्तो ब्यक्तिको राजिनामाले चलचित्र संघलाई मात्र हैन समग्र फिल्म उद्योगलाई नै घाटा पर्न जाने देखिएकाले स–विनम्र लिखित रुपमा उहाँलाई यो हप्ता आफ्नो निर्णय फिर्ता गराउन हामी आग्रह गर्दैछौं', मंगलबार पोखरेलले फिल्मीखबरसंगको कुराकानीमा भने । राजिनामा  पत्रलाई हाल सम्म अनुमोदन नगरेका पोखरेलले आफ्नो राईट ह्याण्ड उदयको सक्रियता नभईदिंदा चलचित्र संघका अन्य गतिविधि एवं संस्थागत मिटिङ समेत राम्ररी गराउन पाएका छैनन् ।


कुटनीतिक र राजनीतिक दुवै तवरमा निकै अब्बल उदयको चलचित्र बिकास बोर्डमा अध्यक्ष हुने सम्भावना देखिएपछि उनको राजिनामा आएको थियों   । यध्यपी ब्यक्तिगत ब्यस्तताको कारण जनाउदै उनले राजिनामा दिएको बताउदै आएका थिए । जुन भनाईलाई उनले मंगलबार पनि दोहोर्‍याउँदै भनेका छन्- 'म अहिले आन्तरिक ब्यस्ततामा अल्झिएकाले सम्भवत राजिनामा फिर्ता लिन्न ।'