Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अरूका छोराछोरी कलाकारितामा कृष्ण मल्लका समाजसेवामा

फिल्मीखबर, काठमाण्डौ, 2013/01/07

कलाकारहरुका सन्तान कलाकारितामा प्रवेश गरिरहेको अवस्थामा कृष्ण मल्लका छोरा भने अपवाद भएर देखा परेका छन् । अभिनेता एवं निर्देशक मल्लका एक मात्र २४ बर्षीय सुपुत्र सकृयले आफ्नो डिजाइनमा गुहार फाउन्डेशन स्थापनाको घोषणा गरेका छन् । अभिनेत्री समेत रहेकी आमा शर्मिला र बाबुको सहयोगमा सोमबार उनले यो फाउन्डेशन स्थापनाको  जानकारी दिएका हुन् । 

 
'फाउन्डेशनले बैधानिकता अझै पाएको छैन त्यसैले आज हामीले घोषणा मात्र गरेका हौ', पत्रकार सम्मेलनमा अभिनेता मल्लले जानकारी गराए । मल्लका अनुसार फाउन्डेशन आफैमा सक्षम भएर हैन माध्यम बनेर असाहयहरुको सहयोगमा उपस्थित हुनेछ, जसका लागि उनले आफै प्रेजेन्टर भएर एक टेलिभिजनमा गुहार नामक प्रोग्राम समेत लन्च गर्दैछन् । 
 
छोरा सानैदेखि अरुको सहयोग गर्ने स्वभावको भएको भन्दै आमा शर्मिलाले उपयूक्त समयमा उसैको डिजाईनमा यो फाउन्डेशन स्थापना गर्ने आँट कसेको बताईन् । म्यानेजमेन्टमा ब्याचर्लस कम्लिप्ट गरेका सक्रियले आफ्नो पकेट खर्चबाट बचाएको २० हजार नगद फाउन्डेशन घोषणा संगै दुई असाहय बृद्धालाई सहयोग स्वरुप प्रदान पनि गरेका छन् । फिल्म लाईनमा अन्य कलाकारहरुको सन्तान आईरहेका बेला तपाई चाहि समाज सेवमा किन भनी सोधिएको प्रश्नमा सक्रियले सानो छँदा अभिनयमा रहर लागे पनि आजकाल त्यस्तो नभएको बताए ।
 
 
शारिरीक रुपमा समान्य युवकहरु भन्दा केही मोटो बनावटका सक्रिय उपन्यासकार पनि हुन् त्यसैले भावी दिनमा फिल्म लेखन र निर्देशनमा भने आफु आउन सक्ने तर्क गरेका छन् उनले । 'न त हामीले कहिलै फिल्म खेल भन्यौ न त उसले खेल्ने ईच्छा नै देखायो त्यसैले पनि होला यो बिषयमा सोचिएको छैन', कृष्ण मल्लले तर्क गरे । यध्यापी सक्रियले तुलसी घिमिरे निर्देशित फिल्म चिनोमा भने बालकलाकार भएर खेलेका थिए ।