Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आन्दोलनको तयारीमा फिल्मकर्मी/ विकास बोर्डमा ताला

फिल्मीखबर, काठमाण्डौ, 2013/01/07

अनसनमा उत्रिएका फिल्मकर्मीलाई दिएको आस्वशन र प्रतिबद्धतामा सञ्चारमन्त्रालय गम्भीर नभएपछि फिल्मकर्मीले आन्दोलन गर्ने भएका छन् ।

 

फिल्म क्षेत्र सुधारका निम्ति पटक-पटक गरेको आग्रहलाई वेवास्ता गर्दै कानमा तेल हालेर सुतेको सरकार केही घण्टा ब्यूतिए पनि पुनः सुतेको छ । सञ्चारमन्त्री राजकिशोर यादवले चार बुदाँमा सहमति जनाएपनि सहमतिलाई प्रक्रियामा नलगेपछि फिल्मकर्मीहरु आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । मन्त्री यादवले गरेको प्रतिबद्धता अहिले सम्म पूरा नगरेको भन्दै आफ्ना मागहरू तत्काल पूरा होस् भन्दै आन्दोलनको घोषणा गर्न लागेको राष्ट्रिय चलचित्र संरक्षण मञ्च सदस्य सचिव सुरेश दर्पण पोखरेलले जानकारी दिए ।

 

सञ्चारमन्त्री राजकिशोर यादवले चार दिन पछि अनसन तोडाउँदै माग गरिएका नौ बुँदा मध्ये चार बुँदालाई तत्काल पूरा गर्ने प्रतिबद्धता जनाउँदै दुई पक्ष बिच हस्ताक्षर गरेका थिए । उक्त माग समयमा पूरा गर्न फिल्मकर्मीले तीन दिने अल्टिमेटम पनि दिएका थिए । दिएको तीन दिने अल्टिमेटममा पनि सरकारले वेवास्ता गरेको भन्दै आन्दोलनको घोषणा गर्न लागेको दर्पणको भनाई छ ।

 

'सहमति बमोजिम कुनै पनि निर्णय सरकारले कार्यान्वयनमा ल्याउन चाह नदेखाएकाले हामी कडा आन्दोलनमा उत्रिन बाध्य भएका हौ', कलाकार संघका अध्यक्ष नवल खड्काले जानकारी गराए । खड्काका अनुसार फिल्मसंग सम्बन्धीत सम्पूर्ण संघसस्थाको उपस्थितीमा आन्दोलनको कार्यक्रमको घोषणा भोली दिउँसो २ बजे रिपोर्टस क्लवबाट गरिदैछ । आन्दोलनको स्वरुपमा अन्र्तगत सर्वप्रथम  चलचित्र बिकास बोर्डमा ताला लगाउने कार्यक्रम रहेको खड्काको भनाई छ । आन्दोनललाई सहयोग गरि सफल पार्न सम्पूर्ण फिल्मकर्मीहरूलाई आह्वान गरिएको छ ।