Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

एटिएममा देखाएकी नायिकाले बर्बादमा छोपिन् (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/01/07

प्रदर्शनमा रोक लागेको फिल्म 'एटिएम' मा खोल्न केहि बाँकी नराखेकी नायिका जीया केसीले बर्बाद फिल्ममा भने ढाकेकी छिन् । जिके शर्माको प्रस्तुतीमा निर्माण गरिएको बर्बाद फिल्मको प्रस्तुत गीतमा नायिका केसीलाई साडीको पहिरनमा देख्न सकिन्छ ।

 

दयाराम पाण्डेको शब्दमा दीपक शर्माले तयार पारेको संगीतमा नायिका केसीले नायक जिके शर्मासँग नाचेकी छिन् । फाल्गुनको अन्तिम साता तिर प्रदर्शनमा ल्याउने तयारी गरिएको बर्बाद फिल्मको यो प्रिमियर गीतमा अन्जु पन्त र सन्तोष रूचालको स्वर रहेको छ । पोखराका आसपासका सुन्दर स्थानलाई कैद गरिएको यो गीतका करियोग्राफर दिनेश अधिकारी हुन् भने छायाँकन यम आलेको रहेको छ ।

 

श्रीमानको मायाबाट बञ्चित नारीको कथालाई पर्दामा उतारिएको यो फिल्मलाई रिम बिश्वकर्माले निर्देशन गरेका हुन् । दिनेश अधिकारी, रमेश कुमार पाठक तथा निरञ्जन सञ्जेलले निर्माण गरेको फिल्मको कथा प्रस्तुतकर्ता जिके शर्माले नै लेखेका हुन् । फिल्ममा गणेश गिरी र निरू महराको समेत मुख्य भुमिका रहेको छ ।