Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेफ ल्याण्डिङको आईटममा पुरूको साथ

फिल्मीखबर, काठमाण्डौ, 2013/01/05

मलेसियन प्रोजेक्ट सेफ ल्याण्डिङको आईटम गीतलाई पुरुषोत्तम प्रधानले साथ दिएका छन् । नम्बर वान सिनेमाटोग्राफरहरुको लिष्टमा रहेका पुरुले ब्यस्तताको बाबजुत सेफ ल्याण्डिङको आईटमका लागि समय निकालेका हुन् ।

 

२०७० सालको असार सम्मका लागि ब्यस्त रहेका उनी शनिबारको एक फुर्सदमा पनि क्यामेराबाट टाढा हुन सकेनन् । मलेसियन निर्देशक सन्दिप जोसेफको टिममा रहेका भारतीय सिनेमाटोग्राफर जोन ज्याकअपले यो फिल्मलाई क्यामेरामा कैद गरेका थिए तर आईटम गीतका लागि भने पुरुलाई चयन गरेको छ नो वरिज फिल्मस प्रालिले । 'जोनको टाईम नमिलेकाले हामीले हाम्रो फिल्म खिच्नका लागि को उपयूक्त होला भन्ने प्रश्न उठेपछि पुरुको विकल्प देखेनौं, त्यसैले ठूलो रिक्वेष्टमा उहाँसंग हामीले टाईम लिएका हौ', प्रोडक्सन हेड बुद्धीलाल मगरले जानकारी गराए ।

 

 

यता पुरु पनि मलेसियन प्रोजेक्टको एक मात्र गीतमा आफूले काम गर्दा रमाईलो अनुभव गरेको बताएका छन् । झण्डै दुई महिनाको सुटिङ ब्रेक पश्चात बाँकी रहेको एक मात्र आईटम गीतको सुटिङका लागि केही दिन यता फिल्मका ब्याकबोनहरु अहिले काठमाण्डूमा छन् । राजन ईशानले तयार गरेको यो फिल्मको आईटम गीतमा मलेसिन मोडल एईजा हवन फिचर गरिएकी छिन् । गीतलाई मलेसिन कोरियोग्राफर साशले निर्देशन गरिरहेका छन् ।


नीरज बरालको ट्रनिङ पोईन्टको रुपमा हेरिएको यो फिल्ममा झरना बज्राचार्य लिड रोलमा छिन् । सन्यास घोषणा गरे पश्चात झरनाले कम्ब्याक गरेको यो नै पहिलो फिल्म हो । फिल्ममा सुमिना घिमिरे, दीपशिखा शाही, रवि गिरी र बिजय देउजा पनि उल्लेखनीय रोलमा रहेको बताईएको छ ।