Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.80/5.00)
Text size:-
+
-

अध्यायको गीत `के हो के हो...`

फिल्मीखबर, काठमाण्डौ, 2013/01/05

पौष २७ मा फिल्म रिलिज हुने भएपछि अध्याय युनिटका केहि सदस्य अहिले प्रचार प्रसारका लागि देशदौडाहमा छन् भने केहि राजधानीमा नै व्यस्त छन् । प्रचार प्रसारमा जुटिरहेको युनिटले फिल्मको नयाँ गीत रिलिज गरेको छ ।
 

एउटै समाजमा रहेका तीन युवाहरूले बुझेको र भोगेको प्रेमकथामा आधारित रहेर निर्माण गरिएको फिल्म 'अध्याय' को सार्वजनिक गीतमा ब्रम्हनालको संगीत रहेको छ भने स्वर रोशन गिरीको रहेको छ । रक प्याटर्नको उक्त गीतमा कर्म, सुशीलराज पाण्डे, आकाश मगर, सिम्पल खनाल, स्वस्तिका राजभण्डारी, शान्ती गिरी लगायतले अभिनय गरेका छन् । सार्वजनिक गीतले फिल्मको कथालाई केहि हदसम्म प्रस्टाउने निर्माण युनिटको भनाई छ ।

 

प्रवीण स्याङ्बोले निर्देशन गरेको यो फिल्मलाई उमेश श्रेष्ठ, रामहरि अधिकारी, सुरेन्द्र शाही र दिनेश श्रेष्ठले निर्माण गरेका हुन् । निर्देशक स्याङ्बोकै कथा लेखन रहेको यो फिल्ममा योगेन्द्र श्रेष्ठको द्धन्दनिर्देशन, राजिब मानन्धरको छायांकन, अञ्जय खड्काको भिजुअल इफेक्ट,  ब्रह्मनाल र आसिम चित्रकारको संगीत रहेको छ ।