Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

महिला हिंसा : सरकारलाई आफ्ना इन्द्रियहरू सक्रिय राख्न फिल्मकर्मीको आग्रह

फिल्मीखबर, काठमाण्डौ, 2013/01/04

 

हिला हिंसाप्रति राज्य गम्भीर नभएको भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा एक साता देखि धर्ना दिईरहेका पीडित परिवार, अधिकारकर्मी, नागरिक समाज, बिभिन्न संघसंस्थाका प्रतिनिधि, युवा जमातलाई हौसला दिन र महिला हिंसाको बारेमा सरकारको ध्यानाकर्षण गराउन तथा दबाब दिन फिल्मकर्मीहरूको एक हुल बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देखियो ।
 
नेपाल महिला चलचित्रकर्मी मञ्च र नेपाल कलाकार संघले संयुक्त रूपमा आयोजना गरेको सो दबाब मूलक कार्यक्रममा चर्चित अभिनेत्री बसुन्धरा भुषाल, मिथिला शर्मा, मौसमी मल्ल, दीपाश्री निरौला, नायिकाहरू नन्दिता केसी, ऋचा सिंह ठकुरी, माल्भिका सुब्बा सहित निर्देशक आकाश अधिकारी, नायक रमेश उप्रेती, कलाकार संघका अध्यक्ष नवल खड्का लगायत करिब दुई दर्जन फिल्मकर्मी उपस्थित भएर महिला हिंसाको बिरूद्ध नारा लगाएका थिए । 
 
सुरक्षा दिनुपर्ने प्रहरी र प्रशासनले नै बलात्कारजस्तो जघन्य अपराध गर्दा पनि राज्यले चासो नदिएको र पछिल्लो समय महिलामाथि आक्रमण र हिंसाका घटना बढेको भन्दै त्यसको रोकथामका लागि सरकार चनाखो हुनुपर्ने जस्ता थुप्रै माग राख्दै फिल्मकर्मीहरू मैदानमा उत्रेका हुन् । कार्यक्रममा नारा जुलुस लगाईरहेकी अभिनेत्री बसुन्धारा भुषालले फिल्मीखबरसँगको कुराकानीमा बढ्दो यो महिला हिंसाले आफूलाई निकै भावुक बनाएको बताईन् । अभिनेत्री श्रिषा कार्कीको घटनालाई स्मरण गर्दै भुषालले भनिन्, 'यस्ता घटना हिजो पनि भएका थिए र भोली पनि हुन्छन् यदि सरकारले कानुन बलियो बनाएर लागु गर्न सकेन भने ।'
 
यस्तै अर्की अभिनेत्री मिथिला शर्माले नारा लगाएर मात्र यसको समाधान नहुने भन्दै कानुन बलियो बनाएर त्यसलाई कार्यान्वयन गर्न सरकार समक्ष अनुरोध गरिन् । उनले महिला मात्र नभएर पुरूषहरू पनि अन्यायमा परेको भन्दै यो आवाजमा पुरूष महिला दुबै सक्रिय भएर सरकारलाई झक्झक्याउनका लागि सहयोग गर्न आग्रह गरिन् । नायिका नन्दिता केसीले बेलैमा सरकारले यस बिषयमा ध्यान पुर्याएको भए आज कुनै महिला यसरी पिडित हुन नपर्ने धारणा राखिन् । सुरक्षाकर्मीबाट नै महिला हिंसा बढि हुने गरेकाले उनीहरूबाट नै सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने बताईन् ।
 
निर्देशक आकाश अधिकारीले कुनै पनि हिंसा नराम्रो रहेको भन्दै महिला हिंसा अझ बढि नराम्रो रहेको बताउँदै सम्पूर्ण नेपालीहरू एकजुट भएर यसको रोकथाममा लाग्न आग्रह गरे । दिल्लीमा घटेको घटना र त्यहाँको एकजुट तथा सरकारले नियम कानुनका लागी गरेको तयारी हेरेर पनि नेपाल सरकारले आफ्ना ईन्द्रियहरूलाई निश्क्रिय नबनाउन आकाशले आग्रह गरे । उनले राष्ट्रियता र एकताले नै यसको अन्त्य गर्ने समेत बताए ।