चौबिस घण्टा रजतपटका हरेक गतिविधिलाई प्रत्यक्ष रुपमा नियाल्दै आएका फिल्म जर्नलिष्टहरु दश बर्ष पश्चात पिकनिकमा रमाउने भएका छन् । पत्रकारहरुको विचार आदान–प्रदान गर्न एवं सम्बन्ध प्रगाण बनाउन सञ्चारकर्मी सन्दिप सापकोटाको संयोजक्त्वमा यो पिकनिक कार्यक्रम तय गरिएको हो ।
करिब दश बर्षपछि संगठीत भएर आयोजना हुन लागेको यो पिकिनिकमा केन्द्रिय स्तरमा सक्रिय रहेका करिब ४० जर्नलिष्टहरुको सहभागिता रहने बताईएको छ जसले उक्त पिकनिक माहोलमा आगामी दिनमा न्यूज लेखन शैली तथा गसिप लेखनलाई कसरी परिर्माजित गर्ने भन्ने बिषयमा एउटा मत समेत बनाउने छन् । सापकोटाका अनुसार यो पिकनिक एक किसिमको वर्कसप जस्तो पनि हुने छ । पर्सी आईतबार मनाईने पिकिनिकको लोकेशन थानकोट स्थित त्रिभुवन पार्क तय गरिएको छ ।

